Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैंकले कृषकहरुलाई सहुलियतपूर्ण ऋण दिने

काठमाडौं । प्रभु बैंकले कृषकहरुलाई सहुलियतपूर्ण ऋण दिने भएको छ ।
बैंकले हेफर इन्टरनेशनल नेपालसँग युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा भएको सम्झौता अनुरुप धादिङ्ग जिल्लाको खनियाँबास गाउँपालिकाका किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो ।
धादिङको आरुघाटमा एक कार्यक्रम बिच खनियाँबास गाउँपालिकाका अध्यक्ष श्री रण बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल र प्रभु बैंक बाग्मति प्रदेश प्रमुख राजु केसीले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।
खनियाँबास गाउँपालिकाका किसानहरू क्रमशः आकृति कुखुरा पालन तथा कृषि व्यवसाय, लपसङ कोर्प आग्रो फर्म, सुसन्ना बाख्रा पालन फर्म, एम।बि। बाख्रा पालन तथा कृषि व्यवसाय, धार्ना डुन्डुरे वोयर बाख्रा पालन फर्म र सिङला बाख्रा पालन फर्मका ६ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरिरहेका उद्यमीहरुलाई प्रभु बैंकको आरुघाट शाखा कार्यलयबाट रु ५० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रणबहादुर तामाङले खनियाँबास गाउँपालिकाका किसानहरूलाई प्रभु बैंकले ठुलो गुण लगाएकोे र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गरे ।
बैंकले ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरु ७१ एक्स्टेन्सन काउन्टर तथा ३१० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । सम्झौता अनुरुप करिव १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको छ ।


सम्बन्धित समाचार