Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैंकले दोब्बरले बनायो लाभांस

काठमाडौं। प्रभु बैंकले गत वर्षको भन्दा दोब्बरले लाभांस बढाएको छ। बैंकको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। बैंकले गत वर्ष ८ प्रतिशत बोनस शेयर दिएको छ।
हालको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ। एक अर्ब ४२ करोड रुपैयाँ बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ। बैंकको आगामी हुने १८ औ वार्षिक साधारणसभाले उक्त लाभांस पारित गर्ने छ।
गत आर्थिक वर्षमा बैंकले दुई अर्ब ५ करोड रुपैयाँ नाफा गरेको थियो। जस मध्ये लाभांस बाँड्न योग्य नाफा भने एक अर्ब ७३ करोड रुपैयाँ थियो। बैंकले खराब कर्जा सल्टाएर विगतको वर्षमा भन्दा राम्रो नाफा गरेको हो।
नाफा बढेसँगै बैंकले राम्रो लाभांस दिन सक्ने भन्दै दोस्रो बजारमा विगत एक वर्ष देखि बैंकको कारोबार अधिकतम १० वटा कम्पनीभित्र पर्दै आएको छ। बिहीबार पनि समग्र नेप्सेको कारोबार ६ करोड ३८ लाख रुपैयाँको हुँदा प्रभु बैंकको भने दुई करोड ५५ लाख रुपैयाँको भएको छ।
एक वर्षको अवधिमा दोस्रो बजारमा बैंकको अधिकतम मूल्य २९८ रुपैयाँ र न्यूनतम २०६ रुपैयाँमा कारोबार भएको छ।