Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रभु बैङ्कको जावलाखेल युवा क्लबसँग सम्झौता

काठमाडौँ । प्रभु बैङ्क र ललितपुर जिल्लाको जावलाखेल युवा क्लबबीच प्रभु बैङ्क जावलाखेल युवा क्लबको मुख्य प्रायोजक हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ललितपुर जिल्ला झम्सिखेलस्थित होटल भिभवान्तामा सम्पन्न उक्त सम्झौतामा प्रभु बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका तर्फबाट अध्यक्ष महेन्द्र क्षेत्रीले एक समारोहका बीच हस्ताक्षर गरेका छन् । जावलाखेल युवा क्लबसँगको सम्झौतापश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैङ्क रहने छ । बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रू. २५ लाख उपलब्ध गराउने छ । सोबापत जावलाखेल युवा क्लबको आधिकारिक बैङ्कका रूपमा प्रभु बैङ्क रहने छ । जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुदसम्बन्धी प्रतियोगिताहरूमा प्रभु बैङ्क जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउने छ । जावलाखेल युवा क्लबले प्रभु बैङ्कमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैङ्कमार्फत् सञ्चालन गर्ने छ । जावलाखेल युवा क्लबको खेलकुद मैदानमा प्रभु बैङ्कको व्यानर, होर्डिङ बोर्ड डिस्प्ले बोर्ड लगाई प्रभु बैङ्कले उपलब्ध गराएको विज्ञापन सामग्रीहरू प्रचार–प्रसार गर्ने छ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरूले सहभागिता जनाउने जुनसुकै खेलहरूमा प्रभु बैङ्क लेखेको जर्सी लगाउने छन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुदसम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरूमा प्रभु बैङ्कको विज्ञापन प्रसारण गर्ने छ । प्रभु बैङ्क र जावलाखेल युवा क्लबबीच सम्पन्न यस सम्झौताले जावलाखेल युवा क्लबका खेलाडीहरूमा हौसला बढ्न गई उच्च मनोबलका साथ सबै प्रतियोगिताहरूमा सहभागिता जनाई समग्र देशको खेलकुद क्षेत्रको विकासमा विशेष योगदान पुग्ने बैङ्कले विश्वास लिएको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल