Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमले सूर्यलाई किन रोजे ?

काठमाडौं । स्पष्ट राजनीतिक दृष्टिकोण र आफ्ना तर्क दृढताका साथ प्रस्तुत गर्ने सूर्य थापालाई प्रधानमन्त्री केपी ओलीले प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् । थापा नेकपाको केन्द्रीय सदस्य पार्टी स्कुल विभागको सहसंयोजक समेत रहेका छन् । राजनीति स्पष्टता र आम पत्रकारबीचमा परिचित थापा व्यवहारिक रुपमा सरल मानिन्छन् । सरकारले राज्यमन्त्रीको पद सरहको सेवा सुविधा दिने गरी थापालाई नियुक्त गरेको छ । साप्ताहिक पत्रपत्रिका नै नेपाली पत्रकारिताको मुल आधार हो । देशको परिवर्तनमा साप्ताहिकको देन ठूलो छ । राष्ट्रिय दैनिकहरू व्यापार गर्न आएका हुन् ।

विषयगत समाचार प्रस्तुतिमा अझै पनि पाठकले साप्ताहिक पत्रपत्रिकाप्रति नै विश्वास गर्छन् । अहिले अनलाइनको विकास भएको छ । पत्रकारिता कै प्राध्यापक भएर पनि डा. कुन्दन अर्याल साप्ताहिक पत्रपत्रिकाप्रति पूर्वाग्रही थिए । उनले पत्रकारिता सिकेको क्षेत्र भने साप्ताहिक नै थियो । अनलाइन पोर्टलप्रति पनि ज्ञान भएका ठूला राष्ट्रिय दैनिकहरूमा बिचारोत्तेजक लेख तथा रचना पस्कँदै आएका सूर्य थापा कुनै बेला तत्कालिन एमाले निकट बुधबार साप्ताहिकको सम्पादक थिए । माओवादी एमाले गठबन्धनको बेला झलनाथ खनाल प्रधानमन्त्री हुँदा सूर्यलाई नै प्रमुख प्रेस सल्लाहकार राखिएको थियो । आम पत्रकारहरूलाई समन्वय गरि सरकार र पार्टीले गरेका राम्रा कामको पक्षमा समर्थन, गल्ती कमजोरी भएमा सरकारमार्फत् सच्याउने क्षेत्रमा समन्वय गराउन सक्ने क्षमता भएकैले प्रधानमन्त्री ओलीले थापालाई नियुक्त गरेको पत्रकारहरू बताउँछन् ।