Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रमुखको खोजी गर्दै गुप्तचर !

काठमाण्डौ । मुलुकको राष्ट्रिय सम्वेदनशीलतासँग जोडिएको प्रम कार्यलयमा थन्क्याईए पनि राज्यले त्यसको महत्व र औचित्य प्रति ध्यान नदिएको राष्ट्रिय अनुसन्धान विभागमा अबको महिना दिन भित्र नयाँ प्रमुख आउनेछन् । गणेश अधिकारीले शुरु गरेको योजना थाम्दै नयाँ डिजाईनमा विभागलाई हिडाउन वरिष्ठताका आधारमा छनौट भए यदु खेरल र यादव रेग्मी मध्ये एक आउने हुन कि उनीहरु पछिका अनुसन्धान निर्देशकहरुको दिन आउने हो ? सरकार र सरकार सञ्चालन शंयन्त्रकै हातमा यो विषय रहेको छ । हालको परिवेशले सेवा अवधि हेर्ने हो भने खरेल ७, रेग्मी १० महिना विभागको प्रमुख बन्ने देखिन्छ । तर अनुसन्धान निर्देशकहरु सुदुर पश्चिमका ओमजोशीले वर्तमान सरकारको नेतृत्वसँग प्रादेशीक सम्बन्धबाट प्रमुख पद फुत्काए भने नौलो हुदैन । संकलनका हुतराज थापा, प्रशासनका सुनिल ढकाल कन्ट्रोलका कुलदेव थापा र प्रदेशमा रहेका हरिहर पौडेल पनि आफ्नो क्षमता र कार्यदक्षता देखाउदै छन् । राजनीति पहुच र सत्ताको निकट हुने भएकाहरु नै अहिले आफ्नो बाटो खोज्दैछन् । जसको जतिसँग सम्बन्ध भएपनि विभागले लिएको नीतिगत कार्यक्रम सबैका लागि मार्ग दर्शक बाटो बन्नुपर्छ । संस्थाको इज्जत बचाउने र विभागको शाखा बचाएर विभागले सुम्पेको वर्तमान दायित्व पुरा गर्ने पक्षमा सबै प्रतिस्पर्धी लाग्नुपर्छ भन्ने मत त्यहाँ छ ।


सम्बन्धित समाचार