Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
लोकतन्त्र, गणतन्त्र, संघीयताको वकालत गर्दा नेपाली काँग्रेस र नेकपा एमालेले जति ठट्यौली गर्छन् त्यो ठट्यौली नेकपा माओवादीभित्र सम्भव छैन । परिवर्तनको एजेन्डा यो पार्टीले जसरी र जुन रुपमा उठायो, त्यो लडाइँ चानचुने थिएन । त्यसका नेता बिगे्रेका कारण जनतामा निराशा छ, आक्रोश छ, अभाव पनि छ । तर गणतन्त्रमाथि भएको प्रहारको निशाना विरुद्ध विपक्षी दलका नाताले संसदमा पहरेदारी गर्दै जनपक्षीय आवाजबाट खबरदारी गर्नैपर्छ । माओवादीको दायित्व पनि हो । सरकारले बजेट ल्याएको छ, त्यो बजेट जनमुखी छैन । व्यापारी मुखी बजेटबाट देश चल्न कठिन हुन्छ । भत्ता खानै प¥यो । सरकार जनमुखी छैन । यो सरकारले भ्रष्टाचार नियन्त्रण माफियाकरण अन्त्य गर्दैन भन्ने कुरा नक्कली भुटानी शरणार्थी प्रकरण जस्तै भिजिट भिसाको अभियान चलाउनु हो । जुन कुरा कानुनले बर्जित गर्छ त्यो कुरा दुई तिहाईले गरेको छ । तर पनि बजेट पास गर्नेछ । प्रधानमन्त्री केपी ओलीलाई दुई वर्ष पु¥याउनु परेको छ । उनी देशमा ऋणमा डुबोस् अन्तर्राष्ट्रिय मुद्राकोषले असफल राष्ट्र भनोस् अमेरिकी राष्ट्रपतिले २० अर्ब डलर नेपालका लागि खर्च गर्दा खरानी भयो भनुन् चासो राख्दैन, चिन्ता पनि लाग्दैन । माओवादी त त्यो बुझ्दो हो ।
यो अवस्थामा राष्ट्रको गौरव आत्म स्वाभिमानको रक्षा, संघीयता, गणतन्त्र, समावेशीताको नाउमा क्षमता भए पनि बाहुन, क्षेत्रीको शत्रु बनेर अराजकता चम्काएर पशुपति नाथका पुजारीको जनै चुडाल्ने माओवादीको हुँकार पनि स्वीकार्न सकिँदैन । कम्युनिष्टले आधुनिकता र विज्ञानको पक्ष लिँदा आफूले गरेको अपराध माफि हुनुपर्छ भन्ने हुँदैन । यसमा एमाले भन्दा माओवादी सजग हुुनुपर्छ । एमाले भनेको सत्ताका लागि जहाँ जो सँग पनि मिल्ने जमात हो । केपी ओलीले पार्टीको नेतृत्व लिएपछि पार्टीकै महिला कार्यकर्ताको सुरक्षा छैन । केन्द्रीय सदस्यहरू मोहन बस्नेत, ऐनबहादुर महर, शेरधन राई र हुम्लाका पार्टी अध्यक्षको कुरा बाहिर आयो त । सबै सुरक्षित छन् । प्रहरीले उजुरी लिँदैन । अहिलेको व्यवस्थामा यो भन्दा बढी केही हुनु पर्दैन । त्यही कारण माओवादी सचेत हुनुपर्छ । पार्टीका बोका फाँड्नुपर्छ, प्रेस सेन्टरका महिला सुरक्षित हुनुपर्छ । संसदीय व्यवस्थामा सचेत हुने विपक्षी हो । सत्तापक्ष हँुडार हो । माअोवादी पनि हुँडार सिद्धान्तको नायक हो । त्यो पार्टीको प्रेस सेन्टर प्रमाण हो । जसले शुभेच्छुक शुभचिन्तकलाई गोबर ठान्छ । आफू बिगार्छ, सपार्न अरुलाई लगाउँछ । सेन्टरका संस्थापकले कृष्ण सेनको नामको पुरस्कार सबैले लिए । अब श्रीमती, छोराछोरीलाई बाँड्न बाँकी हुँदा यस पटक नरेन्द्रजंग पिटरले पाए । उनी लेखक हुन् पत्रकारको सदस्य कहाँ थाहा छैन । कृश्चियन आरोपित माओवादीका धेरैले सहन्छन् । तर जातीवादीका रुपमा मधेशका मातृकाप्रसाद यादव, पहाडका देव गुरुङ, सुरेश आले मगर प्रमुख हुन् । यी चरित्र चुनाव जित्ने तर सहयोगी नचिन्ने गाउँ नजाने ठूलाठालू हुन् । समयले प्रभुको भक्त भएकाले मात्र पार्टीमा स्थान पाएका चरित्रप्रतिजनताको सद्भाव हुन्न ।
सबैतिर माओवादी ठिक भनियो भने अरुप्रति पूर्वाग्रही हुन्छ । तर कुहिएका धेरै थिए र छन् तिनको दाँजोमा कम कुहिएको ज्यूदो मान्छेको तस्करी नगर्ने पार्टी माओवादी हो भन्न पाउनु ठूलो कुरा हो । किनकि विचारका कारण सिद्धान्तका कारण त्यहाँ पार्टी कमजोर बनाइएको होइन । कति कुम्ल्याउने भन्ने कुरा निहुँ हो । जो आज कतै पत्याइँदैन । पत्याइएकाहरू सहारा खोज्दैछन् । तर तिनको काँध थाप्ने नेता हुँदैनन् ।
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल
२०८२ जेष्ठ ३०
ताजा नेपाल