Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रम ओली र राष्ट्टपतिको कदमलाइ भारतले मौन सर्मथन जनायो

९ जेठ, काठमाडौं । नेपालको राजनीतिक घटनाक्रममा तत्काल प्रतिक्रिया जनाइहाल्ने भारतीय सञ्चारमाध्यम यस पटक तुलनात्मक रुपमा मौन छ । उनीहरुले प्रधानमन्त्री केपी ओलीको संसद भंग गरी निर्वाचनमा जाने कदमप्रति खासै प्रतिक्रिया जनाएका छैनन् । अधिकांश सञ्चारमाध्यमले भंगको सामान्य समाचार दिएका छन्, कुनै पोजिसन लिएका छैनन् । हिन्दुस्तान टाइम्स दैनिकले नेपालमा संसद भंगका सम्बन्धमा दुई मिनेटको एउटा भिडियो तयार पारेको छ । कोरोना महामारीका कारण नेपालको राजनीतिमा धेरै भारतीय मिडियाको ध्यान नगएको हुन सक्छ । उसो त भारतका नेपाल मामिला विज्ञहरुले समेत यस विषयमा प्रतिक्रिया दिन इन्कार गरेका छन् । भारतीय विज्ञहरुका अनुसार यस पटकको भारतको अडान पहिलेको भन्दा खासै फरक हुने छैन । उसले प्रजातान्त्रिक प्रक्रियाबाट सबै समस्याको समाधान हुनुपर्ने पहिलाको जस्तै अमूर्त अडान लिनेछ । नेपाल–भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका ती विज्ञले भने, ‘भित्री रुपमा भने भारतले नेपाललाई सर्वोच्च अदालतले जे फैसला लिन्छ, त्यही अनुसार अगाडि बढ्नुपर्ने सुझाव दिने छ ।’ उनका अनुसार विपक्षी दल, नागरिक समाज र मिडियाको पनि एक तप्का विरोधमा रहेकाले भारतले ओलीको कदमलाई सार्वजनिक रुपमा समर्थन गर्ने छैन । भारतको छिमेकसँगको सम्बन्धका विज्ञ कन्सट्यानटिनो जेभियरले भने नेपालको राजनीतिक घटनाक्रमप्रति एक ट्वीट गर्दै भारतले नेपालमा ताजा निर्वाचनमा जाने निर्णयको स्वागत गर्ने आफ्नो अनुमान रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नेपाल र अन्य छिमेकी मुलुकको राजनीतिक गतिरोध हटाउन भारतले प्रायजसो निर्वाचन नै अगाडि बढाउँछ । शक्ति सन्तुलनको पुनर्मूल्याङ्कनका लागि पनि उसले यसो गर्छ ।’ जेभियर नयाँ दिल्लीस्थित थिङ्कट्यांक सेन्टर फर सोसल एण्ड इकोनोमिक प्रोसेसमा भारतको छिमेक नीति सम्बन्धी अध्ययन गर्दछन्


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल