Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आज बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता कब्जाको बाटोमा अग्रसर भएको आरोप लगाएका हुन् ।
उनले आफूलाई नेपाली कांग्रेस आवेश उत्तेजनामा आएको देखेर ताजुब लागेको उल्लेख गरे । कांग्रेस संसदीय दलकी नेता पुष्पा भुसालले उनको नेतृत्वको सरकारले गरेको चुनावमा कांग्रेस नजाने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले कांग्रेसको लोकतन्त्र त्यही हो भन्दै प्रश्न गरे । कांग्रेस किर्ते कागजात लिएर अरु पार्टी फुटाएर अरु आफू प्रधानमन्त्री बन्न राष्ट्रपतिकोमा गएको दावी गरे ।
उनले दलभित्र विग्रह सिर्जना गर्नु लोकतन्त्र हो भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले माओवादीले हिंसात्मक रुपमा सत्ता कब्जा गरेर लोकतन्त्र समाप्त गर्न खोजेको र नसकेपछि अहिले बाटो बदलेर लोकतन्त्रको कुरा गर्न थालेको दावी गरेका हुन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल