Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रशासनले बन्द गर्यो सवारी पास

काठमाडौं । सवारी पासको दुरुपयोग बढेको पाइएपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका निम्ति सवारी पास वितरण स्थगित गरेको छ । सवारी पासको अत्यधिक मागले लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेका हो । लकडाउन प्रभावकारी पार्न बैशाख ३ देखि लागू हुनेगरी सवारी पास वितरण स्थगित गरिएको बताइएको छ । कडाउनमा अत्यावश्यक सवारीसाधन सञ्चालनका लागि प्रशासनले पास वितरण गर्दै आएको थियो । मंगलबारबाट उसले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो । अत्यावश्यक खाद्यान्न, तरकारी ढुवानीलगायत कामका लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।
त्यस्तै, यसअघि पहेँलो रंगको पास लिएकाले अर्को पास लिन नपर्ने व्यवस्था पनि प्रशासनले मिलाएको छ । सातदिने म्याद राखेर यसअघि वितरित पासको म्याद गुज्रिएपछि प्रशासनले यस्तो व्यवस्था गरेको हो ।


सम्बन्धित समाचार