Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पेरुको साइनिङ पाथ आन्दोलनको नेतृत्व गरेका गोञ्जालोलाई फुजीमोरी सरकारले पक्राउ गरी बन्धक बनाएपछि रोकिएको पेरु कम्युनिष्ट पार्टीको आन्दोलन नेतृत्व विकास नहुँदा रोकियो । नेपालमा कम्युनिष्टका अध्यक्ष र महासचिवहरूको उपस्थिति नभए पनि पार्टीले घोषणा गरेका आन्दोलन हुन्छन् । तर जनताको हितमा आवाज उठाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलन उनलाई सरकारले पक्राउ गरे पनि माग जायज हुँदा सरकारले त्यो समूहसँग वार्ता ग¥यो । आम हड्ताल रोक्यो । प्रसाईलाई सरकारले मंसिर २ गते पक्राउ ग¥यो । मंसिर ७ गतेको लागि प्रसाइले विद्रोह गर्ने भन्दै थिए, हामी राजमार्ग मै बस्छौं मेची काली ठप्प पार्छौ भन्दै प्रसाईले सरकारलाई २४ सूत्रीय माग राखेका थिए । उनको मागमा साना ऋणी बैङ्क सहकारी र लघुवित्तले सताएका तल्लो वर्गका जनताको आवाज उठेको थियो । सरकार लत्रनुको कारण त्यही हो । प्रसाई भन्दै थिए, देशका बैङ्क, लघुवित्त कम्पनी मारवाडी समुदायकै छन् । देखाउने धन्दा जे भए पनि सुपारी, पेस्ता, सुन, चाँदि तस्करी यिनको धन्दा हो । भारतमा विष्फोट भयो नेपालमा मारवाडी तर्से । किनकि तिनले नेपालको कमाई भारतमा लगानी गरेका छन् । रूपन्देहीमा एनआईसी एसिया बैङ्कले जफत गरेको १७ वटा घरमा कात्तिक ३० गते सुकुम्बासी छिरेको कुरा उनै प्रसाईले बताउँथे । मेरो आन्दोलनले बैङ्कहरूले व्याज घटाए, १ करोडको १६ लाखसम्म ब्याज तिरेका र डिप्रेशनमा पुगेका व्यापारीले आज छ लाख तिर्छ । सुकुम्बासीका नाममा आफ्नै नेता, कार्यकर्तालाई सरकारी जमिन बाँड्ने काँग्रेस र एमालेले ६८ लाख भूमिहिनको पक्षमा लागेको भए आज स्थानीय सरकारको आतंक चम्कने थिएन । प्रसाईको यो भनाई र विदेशमा राजेगारीका नाममा गएका युवा फिर्ता गर्नु पर्ने अडानले झन् शासकहरूलाई अप्ठ्यारो पारेपछि प्रसाई पक्राउ परेका हुन् । उनीसँग आन्दोलन थन्कन्छ । किनकि उनको समूहमा साथ दिने चैत १५ को अराजकताले सबै भड्केका छन् । देशको मेडिकल शिक्षामा भएको माफियाको जालो तोड्ने प्रसाईको घोषणा थियो । सरकारले समेत मेडिकल शिक्षालाई मापियाकरणबाट मुक्त गर्ने सोच नराख्दा त्यो शिक्षा गरिबको पहुँचबाट टाढा छ । सिटिइभिटीका सम्बन्धन प्राप्त नर्स, प्यारामेडिकल विषयका स्कुल तथा कलेज बन्द गर्न डा गोविन्द केसीको अनसन कारक भयो । तिनै केसीलाई सघाउने गगन थापा, तोषिमा कार्कीहरू संसद छन् । तिनले मेडिकल शिक्षामा लगाइएको अंकुश तोड्नका लागि संसदमा आवाज उठाएनन् । प्रसाईले मेडिकल शिक्षाको तल्लो तह अनमी, अहेब, नर्स, प्यारामेडिकल घरको भात खाएर पढ्न पाउने जनताका छाराछोरीको अधिकार तिनै डा. गोविन्दको आन्दोलनले खोसिएको बताउँदै आएका छन् । जनतालाई छुने एजेन्डा प्रस्तुत गर्दा प्रसाईले वैदेशिक रोजगारीको ठगीसम्म खोतलेका थिए । लोकतन्त्र र गणतन्त्रलाई माफियाकै पोल्टामा पार्न इच्छुक काँग्रेस र एमालेको दुई तिहाईले देखाएको चासो र गरेको व्यवहारले जनताले पिडा सहेकै छन् । कम्युनिष्टले स्वास्थ्य, शिक्षा, रोजारको विषयमा गम्भीर हुन्छन् भन्ने कुरालाई झूठो सावित गरिदिएका बेला प्रसाई जस्ता अभियन्ताहरूले बेला बखत मुद्दा उठाउँछन् । दलहरूले सत्तालाई लेनदेनको मुद्दा बनाउने गर्छन् । दुर्गा प्रसाई राज्यले बारम्बार आक्रमण गरेका पात्र बन्छन् । यस पटक प्रसाईको आन्दोलन उनको एजेन्डालाई सरकारले सजह रूपमा लिएर वार्ता ग¥यो, आन्दोलन रोक्यो । किनकि यो सरकार संसदभित्रको पनि होइन, आन्दोलनबाट स्थापित भएपछि खडा भएको सरकार आफैं कमजोर भएपछि प्रसाईको आवाज सुन्न बाध्य भयो । विषयगत मुद्दाहरू दलहरूले उठाएका भए पनि सत्तामा पुगेपछि माफिया र बिचौलियाको भर पर्ने प्रवृत्ति हिजो माओवादी र एमालेले प्रदर्शन गरेकै हुन् निशुल्क शिक्षा, कम्युनिष्टको एजेन्डामा छन । तर व्यवहारमा व्यापारिकरण छ । एमालेका समर्थकहरूले चलाएका निजी स्कुल तथा मेडिकल कलेजको लुटलाई हटाउनु भन्दा झन् बढाइएको थियो । प्रसाईले बैङ्क तथा वित्तीय संस्थामा मारवाडी समुदायको हस्तक्षेप रोक्नुपर्छ भनेका हुन् । तर तिनैसँग चन्दा लिने कमिशन खाने ओली प्रवृत्तिले विद्युत महसुल तिराउनु साटो उल्टै विद्युत प्राधिकरणमाथि प्रहार गर्न छोडेनन् । त्यसैको प्रतिफल आज तिनै माफियाहरू घुँडा टेकेर किस्तामा महसुल तिर्न थालेका छन् । ओली सत्ताको लुट छरपस्ट हुँदैछ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल