Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । फौजी समूहमा जेष्ठता, वरिष्ठता, कार्यक्षमता र योग्यता मात्र होइन, आफ्नो कमाण्डका सिपाहीदेखि अधिकृतसम्मको व्यवहारले अर्थ राख्छ । अबको फौजमा आमाचकारी गाली गर्ने, स्वास्नीको कपडा धुन लगाउने तानाशाहले सेनामा त ठाउँ पाउँदैन भने नेपाल प्रहरीमा त्यस्तो कुकर्मले स्थान कसरी मिल्छ ? यस पटक डिआईजीबाट एआईजी बढुवा सिफारिश गर्दा काँग्रेसी सत्ता र दम्बमाथि गतिलो प्रहार गरेका वरिष्ठ डिआईजीहरू घनश्याम अर्याल, ईश्वर बाबु कार्की र प्रकाशजंग कार्कीले आफूले बढुवा पाए पनि नपाए पनि सरकार, गृहमन्त्रालय, बढुवा सिफारिश समितिलाई राम्रो सवक सिकाएका छन् । डिआईजी त्रयको यो आँटले खान र खुवाएपछि बढुवा भइन्छ भन्ने चिन्तनबाट ग्रस्त चरत्रमाथि चोटिलो प्रहार भएको छ । उनीहरूको यो आँटले सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानलाई समेत गलत बाटो नलिन सन्देश दिएको छ । प्रहरीभित्र देखिने काम भनेको फौजी समूहमा राजनीतिक छलछाम नहोस् भन्ने मत बाहिर नआए पनि भित्रभित्रै आईजीपी शैलेश थापाको हुनसक्छ । तर उनले बढुवा समितिको सचिवको नाताले तत्काल असन्तुष्टि प्रकट गरे । जहँँ गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष थिए । बालुवाटार र गृहमन्त्रीमात्र यहाँ जोडिएनन् । यस पटक अर्थमन्त्री जनार्दन शर्मा समेत जोडिए उनले आफू गृहमन्त्री रहँदा विश्वास गरेका पात्र डिआईजी रविन्द्र धानुकको पक्ष लिँदा वैशाख १८ गते अवकाश हुने बसन्त पन्तलाई बालुवाटारले बोकेको थियो । विवादित यी दुई पात्रका कारण धिरज प्रताप सिंह पनि मुछिए । यद्यपि उनी डिआईजीको रोलक्रममा छैठौंमा भए नि संगठनमा बदनाम थिएनन् ।
यो प्रकरणले अव नेपाल प्रहरीको प्रशासनलाई प्रहरीको ठूलोेदेखि सानो तहसम्म कार्यक्षमता, जेष्ठता, अनुशासन, लगनशिलता, व्यक्तिगत आचरण, शैक्षिक योग्यता जस्ता कुरामा तलमाथि गर्ने प्रवृत्तिको अन्त्य त के होला एकपटक सोच्नु पर्ने बनाएको छ । गृहमन्त्री बालकृष्ण खाँणले बालुवाटारको हस्तक्षेप मात्र थेग्न सके भने उनलाई सफल गृहमन्त्री मानिन्छ । तर उनले पनि जिल्ला सरुवा गरेका डिएसपी, एसपी, एसएसपीहरू सांसद र नेताको सिफारिशमा गरेका छन् । उनको ठाउँ यो अभियान सफल होला, जनता अराजक भयो भने मोरङको लेटाङ काण्ड खाँणकै जिल्ला रुपन्देहीमा दोहोरिन सक्ने अवस्था आउँछ । किन कि रुपन्देही, कपिलवस्तु, नवलपरासी भारतीय सीमा तस्कर र नेपाल तस्करले प्रहरी र सशस्त्रबाट लाइन खोलेर धन्दा चलाउने स्थान हुन् । लोकसेवा आयोगको निष्पक्षतामा शंका हुन सक्छ । प्रहरीको बढुवा सिफारिश समितिले आयोगको प्रश्नको जवाफ त दिनैपर्छ । सुरक्षा फौजलाई पार्टीको भगिनी संगठन बनाउने प्रवृत्तिमाथि प्रहार हुन थालेको छ ।
यसैबीच, केन्द्रमा डिआईजीहरुको एआईजी बढुवाको चर्चा चल्दै गर्दा नेपालगञ्जमा गुप्तचरबाट प्रहरीमा गएका एसपी ओम रानाले ध्वस्त बनाएको सुरक्षा संयन्त्रलाई सुधार्न एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेको टिम खटेको बताइन्छ । यो टिमले नेपालगञ्जमा चर्केको तस्करी धन्दासँगै यौन व्यवसाय र जुवातासको कारोबारलाई नियन्त्रणमा लिँदा शान्ति सुरक्षाको स्थिति बलियो बनेको र राजश्व बढाउन सफल भएको स्थानीयवासीहरुको भनाई छ । काम गर्नेका विरुद्ध कुरा काट्ने नारदहरु जहाँ पनि हुन्छन् । एसपी श्यामकृष्णका विरुद्ध नारदहरुले राम्रै प्रचार गरेका थिए तर अहिले उनको कामले नेतृत्व समेत खुशी छ । त्यस्तै सशस्त्र प्रहरीका एसपी जनकराज बस्नेतले आफ्नो टिमलाई सीमा सुरक्षाको मात्र होइन तस्करी नियन्त्रण र अवैध रुपमा हुने ढुंगा, गिटी, काठ चोरीमाथि प्रहार गर्दा सुरक्षा महसुस गर्न थालिएको बताइन्छ । यो दुवै टोलीको समन्वयबाट बाँके जिल्लाभित्र हुने अवैध क्रियाकलाप नियन्त्रण हुनुका साथै निर्वाचन का समयमा सुरक्षा गस्ती सक्रिय हुने स्थितिलाई राजनीतिक दलहरुले पनि चासोको रुपमा लिएका छन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल