Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीका १९ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकले १९ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् । दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल, चौथो नम्बरमा धनबहादुर बोहरा, पाँचौं नम्बरमा जनार्दन घिमिरे र छैटौं नम्बरमा आयुषप्रसाद जोशी छन् । बढुवाको प्रतिस्पर्धामा ९८ जना इन्स्पेक्टर थिए ।


सम्बन्धित समाचार