Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको आँखा छल्दै सडकभरि सवारी, यही हो जोरबिजोर ?

काठमाडौं । कोरोना कहरले सताएको भन्दै सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि सडकमा झनै यात्रुको चाप बढेको छ । गाडी पातलिएपछि यात्रु बाक्लिन पुग्दा संक्रमणको अवस्था झन भयाबह बन्दै गएको छ । सरकारले लागू गरेको जोरबिजोरको अनुगमन गर्ने ट्राफिक प्रहरी पनि कही कतै मात्रै भेटिने गरेका कारण यसको कार्यान्वयन पनि खासै भएको छैन ।

सरकारले उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको भएपनि सडकमा जोर बिजोर सवारी सराबरी रुपमा देखिएका छन् । यद्यपि केही चोकमा प्रहरीले चेकजाँचमा कडाइ गरिरहेको छ । शुक्रबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले आइतबारदेखि प्रशासनबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । तर, जिल्लाका अन्य सरकारी सेवाहरु, उद्योग कलकारखाना, सार्वजनिक यातायात लगायतले दिने सेवाहरु भने निर्वाध सञ्चालनमा रहेका छन् ।