Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीको निशाना आरजुतिर तेर्सिपछि जुटे एमाले र काँग्रेस

काठमाडौं । कुन स्वार्थमा सत्ता जोडिन्छ र कुन स्वार्थमा सत्ता तोटिन्छ भन्ने टुंगो हुँदैन । टीकापुर जग्गा घोटालामा जोडेर नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई पक्राउ गर्न बुढानीलकण्ठको देउवा निवासमा प्रहरीले गरेको धरपकडको प्रयासले नेपाली कांग्रेस र एमालेलाई सत्ता सहकार्यको बाटो खुलाएको बताइएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवर विदेश भ्रमणमा रहेका बेलामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको जनशक्ति परिचालन गरेर आरजुलाई देउवा निवासबाटै पक्राउ गर्न धरपकड गराएका थिए। त्यही धरपकडको प्रयासले नै कांग्रेस र एमाले नेतृत्वलाई सत्ता सहकार्यको सहमतिमा पुर्याएको देखियो। सीआईबीको टोली बुढानीलकण्ठमा गएर देउवाचोकदेखि देउवा निवाससम्मको सडक सिल गरेर घेराबन्दी गरेको थियो। आरजु घरमै रहेको सूचनाको आधारमा टोली पुगे पनि त्यो समयमा आरजु भने घरमा थिइनन्। आरजु घरमा नभएको पक्का भएपछि सीआईबीको टोली रित्तै फर्कियो। पक्राउ गर्न प्रहरी टोली आएको सूचना पाए लगत्तै आरजुले केपी ओलीसँग भेट्न समय लिएर असार १५ मा पार्टी सभापति शेरबहादुर देउवासहित लिएर गइन्। दुई घण्टा बढी समय भएको छलफलमा प्रचण्ड नेतृत्वको सरकार बदल्ने र आलोपालो नेतृत्व गर्ने सहमति भयो। सहमति अनुसार सोमबार मध्यरात दुवै दलका शीर्ष नेताहरूबीच सहमति भइसक्यो। छलफलबाट सहमतिसम्मको वातावरण बन्नुको प्रमुख कारण प्रहरीको धरपकड प्रयास नै देखियो। टीकापुर जग्गा अनियमितताबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ। सरकारी दस्तखत छाप किर्तेमा अनुसन्धानका लागि सीआईबीको एक टोली टिकापुरमै बसेको छ। नक्कली शरणार्थी प्रकरणमा पनि आरजु अनुसन्धानको दायरामा छिन्। रविले आफू निकटहरूलाई आफू गृहमन्त्री रहेसम्म एक घण्टा भए पनि आरजुलाई थुन्ने बताउँदै आएका थिए। पोखरामा बतास समूहले जयवीर देउवाको नाममा पास गरेको जग्गाबारे समेत अनुसन्धान भइरहेको थियो। टीकापुर विकास समितिका नाममा बाँडिएको जग्गामा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा पदाधिकारीहरूविरुद्ध मुद्दा लगिसकेको छ। गृहमन्त्री लामिछानेले संसददेखि सार्वजनिक मञ्चहरूमा समेत टीकापुर जग्गा घोटालाबारे अनुसन्धान भइरहेको र फाइल बन्द नभएको दाबी गर्ने गरेका थिए।


सम्बन्धित समाचार