Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीमाथि जाइलाग्ने पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका(९ च्यामासिंहस्थित डिउटीमा खटिएको प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काभ्रे नमवुद्ध नगरपालिका(९ घर भई हाल भक्तपुर सुडाल बस्ने २६ वर्षीय सरोज दाहाल र सल्यान त्रिवेणी गाउँपालिका(५ घर भई हाल भक्तपुर सुडाल बस्ने २२ वर्षीय अजय राउत रहेका छन् । मादक पदार्थ सेवन गरेका उनीहरुले डिउटीमा खटिएको प्रहरीलाई हातपात गरे पश्चात प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार