Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीमाथि बियरको बोतल प्रहार, २ जना प्रहरी घाइते

धनुषा । ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका ६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई प्रहरीले पक्राउ गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज १२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण रोक्न खोज्दा नरोकी अगाडि बढ्ने क्रममा ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो । मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी कर्मचारी घाइते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भए । हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार