Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

बढुवा हुन प्रहरीमा यस्तो छ दौडधूप

काठमाडौं । प्राविधिक एक चार फौजी अर्थात् प्रशासनबाट बढुवा हुनुपर्ने एसएसपीहरूको लागि एक दर्जन दौडधूपमा छन् । गृहसचिव प्रेम राईको चासो रहने प्रहरीको प्रत्येक पदको बढुवा अबका दिनमा थैली नचढाएसम्म हुँदैन । किनकि योग्यले चाकडी गर्दैनन् घुस खुवाउन खोज्दैनन् । जसले सुनको बिस्कुट संकलन गरे कारबाहीबाट बचे रोजेको ठाउँमा तीनै पुग्छन् बढुवा तिनकै नहोला भन्न सकिँदैन, एक सूत्रले भन्यो । आईजीपी सर्वेन्द्रकै पालामा कास्की काँग्रेस कार्यकर्ता रामजी पौडेलका हत्यारा निरीक्षक देवी पौडेललाई काठमाडौं परिसर मुद्दामा ल्याइयो । पर्सामा निरीक्षक असरफ अली अन्सारीको चरित्र ठिकै छैन । अली मुद्दामै छन् उठ्तीमा पोख्त अलीबारे आईजीपीलाई राम्रै थाहा छ । सई विदूर शिवकोटी त्यस्तै हुन् हवल्दार अजय पटेल त आईजीपीका ठूलै विश्वास पात्र भएको बताइन्छ । निरीक्षक राजेश दत्त कुपन काण्डका डिएसपी नविन किशोर प्रधान जस्ताले सक्छन् प्रहरी पोशाकमा कुम्ल्याउने शरद खत्रीको अवकाश र विश्व पोखरेलको बढुवाबाट ५ पद खाली भएको हो । अहिले बढुवाका लागि अशोक सिंह, दुर्गा सिंह चन्द, भरत बोहरा, कुवेर कडायत, रविन्द्र केसी, विष्णु केसी, राजेशनाथ बास्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाल, विकास खनाल, हृदय थापा, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमा शंकर पञ्जीयार, किरण थापा, चक्रबहादुर सिंह, अर्जुन ठकुरी, मुकेशकुमार सिंह, बढुवाको सूचिमा छन् ।

सुधारभन्दा हल्ला बढी भो
जतिसुकै सुधारको हल्ला चले पनि प्रहरीको चरित्र सुध्रिएको छैन । नयाँ होटल खुल्न पाउँदैन प्रहरी आफैं पुग्छन् होटलमा तरुनी सम्पर्क हामी गराउँछौं । हामी पनि ल्याउँछौ पैसा चाहिन्छ भन्न पुग्छन् । एक होटल व्यवसायी भन्दै थिए । अहिले मेट्रो प्रहरीका डिआईजी शैलेश थापा र शिविआईका डिआईजी निरज शाहीको एक वर्षे अवधि पुगेको छ । गृहका प्रेम राइका विश्वासी एसएसपी बसन्त लामाले जोडिएको माखे साङ्लोमा जोडिँदा व्यापारी रुपज्योति खोरमा परे । नेपालमा प्रहरीमात्र इमान्दार हुन्थ्यो भने ट्यापे मुन्द्रे बढ्दैनन् । व्यवसायीले हप्ता, महिनावारी बुझाउनु पर्दैन कर छलिँदैन । चोर र ट्यापे प्रहरीका रोजिन्दा आम्दानीका श्रोत हुन् । दीपक मनाङे, चक्रे मिलन, समिरमान सिंह बस्नेत, बनिबनाउ डनहरू हैनन् । उनीहरूलाई आरक्षण राजनीतिक रुपमा काँग्रेस एमालेबाट प्रशासनिक रुपमा प्रहरीबाट भएकै हो । राज्यको सहयोग हुँदा प्रहरीले काँग्रेसी डन मोहमत अफ्ताब आलमलाई १२ वर्षपछि घटना खोतलेर कानुनको दायरामा ल्याएकै छ । त्यही रौतहटमा उपेन्द्र यादवले २७ जनाको लास खलियो लगाएर पनि सरकारका उपप्रम बन्न पाएका छन् । यादवलाई त्यो बेला भारतले उचालेको हो । नेपालमा माओवादी बढ्यो भने भारतलाई असर पर्ने डर छँदै थियो । त्यही कारण काँग्रेस एमालेको उच्चतहलाई जानकारी दिएर भारतीय सहयोगमा उपेन्द्र यादव बुख्याचा बनेका हुन् ।