Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
जागिरे अवधिसम्म सत्यम् सेवम सुरक्षणम्को स्लोगन भित्रबाट कमाई चम्काउने प्रहरीका हाकिमहरुले राजनीतिमा आएपछि भ्रष्टाचारको चर्को कुरा गर्नु स्वाभाविक हो । नेपाली काँग्रेसलेले पञ्चायतमा कारबाही परेका प्रहरी महानिरीक्षक डिबी लामा र नेपाली सेनाका भरत गुरुङलाई माफी दिएर ठूलै थैली हात पार्दा नेपाल प्रहरीमा भ्रष्टाचार भित्रियो भन्ने चर्चा थियो । आज नेपाल प्रहरीमा राजनीतिक दबदबा छ । काँग्रेस र एमालेका प्रहरी भनेर चिनिँदै जाँदा धेरैले अवकाश पाएपछि राजनीति नै उत्तम ठाने । नवराज सिलवाल, रमेश खरेल, सर्वेन्द्र खनाल एक जमानाका व्यवसायिक मानिन्थे । आवरण र व्यववहार के कस्तो भन्दा पनि उनीहरुले पाएको जिम्मेवारी अनुकुल कहाँ कस्तो प्रभाव छाडे । त्यो प्रहरी नै जान्दछ । तर एमाले निकट भएका नवराज सिलवाल एक पटक सांसद भए । आज नेकपा एमाले बागमती प्रदेश कमिटीको सचिव छन् । रमेश खरेल कार्य क्षेत्रमा जति हाइहाई शुद्ध थिए तर राजनीतिमा होमिँदा त्यसपछि श्रीमतीलाई सूचक बनाएर पैसा खाएको कुरा समयले खोल्दैछ, खुल्दै गयो । कतिले कान्तिपुरले रमेश खरेललाई सुरक्षा हिरो बनायो पनि भनेका थिए । उनी चुनाव लड्न थाले काठमाडौं १ मा कसरी हार सहेर सांसद बन्न रहर पुगेन बारा २ को उप चुनावमा रास्वपाको घण्टी चुनाव चिन्ह लिएर भिडे तर पराजित भएपछि त्यो पार्टीसँग उनको मन फाट्यो । पूर्व डिआईजी रमेश खरेलकै ब्याजी सर्वेन्द्र खनाल आईजपीको सेवा अवधि सकिएपछि राजनीतिमा लागेका छन् । एमाले बन्न उनलाई अोली शासनमा संसदमा झण्डै दुई तिहाईको शक्ति हुँदा कोराना कालको लक डाउनका बेला पनि जसपाका सांसद अपहरण गरेर पार्टी फुटाउने योजनामा प्रयोग गरियो । एमालेका किसान श्रेष्ठ, महेश बस्नेतसँग लागेर बदनाम गराएका थिए । उनी सक्रिय भए । आज किसान श्रेष्ठ माधव नेपालको साथ छाडेर ओलीबाको जय भन्दै छन् । जसको विगत खोतल्नु छैन । महेश बस्नेतको दादागिरी र विरोधीमाथिको छुद्रताको परिणाम जेनजीको विद्रोहले थन्केका असफल, अहंकारी र घमण्डका हस्ती केपी ओलीले शिर उठाएका छन् । सार्वजनिक समारोहमा निस्कन अझै कठिन छ । आजको चार दिनपछि एमाले ११औं महाधिवेशनमा होमिँदैछ । सर्वेन्द्र खनाल ०७९ मा काठमाडौं ६ को उम्मेदवार भए, थन्किए । तर रहर पुगेन ०८१ मा तनहुँ १ को उप चुनावमा पनि उम्मेदवार भएर डा. स्वर्णिम वाग्लेबाट थन्क्याइए । उनका हितैषी किसान श्रेष्ठ सांसद जित्दा एमाले र पछि समाजवादी भए । तर सर्वेन्द्र स्वतन्त्र स्वभाव देखाउँदै आफैं पार्टी अध्यक्ष बन्न पुगेका छन् । प्रहरी सेवाबाट अवकाश भएकाहरुलाई राजनीतिमा आउनै पर्ने के चमक थियो ? पूर्व आईजीपी धु्रवबहादुर प्रधान राप्रपाको महामन्त्री र संसदमा प्रतिस्पर्धा गरेर आएका छन् । धादिङे रविन्द्रप्रताप शाह प्रहरी भइञ्जेल काँग्रेस भनिए तर माओवादीले संविधानसभामा समानुपातिक सांसद बनायो । सेनाका कुमार फुुदुङ पनि यस्तै नमूना हुन् । काँग्रेसका नेता भन्दा चर्का पूर्व आईजीपी अच्युतकृष्ण खरेल काँग्रसकै भक्त हुन् । तर राजनीतिको झण्डा बोकेनन् भने मोतिलाल बोहोराको नाउ पनि कहिले कतै राप्रपा र काँग्रेससँग जोडिएर आउँछ । बहुदलीय व्यवस्थाको पहिलो आईजीपी उनै हुन् । उनैलाई आईजीपी बनाउने भन्दै काँग्रेसले रत्नसमशेर जबरालाई पूरा कार्यकाल आईजीपी पदमा बस्न मात्र होइन यो महिनामा छोराको विवाह हुँदैछ तयारी प्रहरी क्वाटरबाट गरियो । त्यहींबाट विवाह उम्काएपछि पदबाट मै हट्छु भन्दा शेरबहादुर देउवाले नमान्दा पद त्यागेर निवासबाट हट्नु प¥यो । छिट्टै उनको निधन भयो । नेपाल प्रहरीको आईजीपी भएर बदनाम सहेका सुडान काण्डमा मुछिएका आईजीपीहरु बेपत्ता छन् । प्रदीपसमशेर जबरा बेला बखत अकुत सम्पत्तिमा जोडिन्छन् । प्रहरीलाई थिलथिलो पार्ने काँग्रेस पहिलो र एमाले दोस्रो हो । पछिल्लो पटक धेरैले विश्वास नगरेका प्रहरीका पूर्व एआईजी विश्व पोखरेल रास्वपामा प्रवेश गरी ओखलढुंगातिर लम्केका छन् । पोखरेललाई वरिष्ठ हुँदा पनि काँग्रेसले रु ९ करोड मागेर आईजीपी हुन दिएन । त्यो बेला उनकै व्याजी धिरजप्रताप सिंह आईजीपी भए । तर जेष्ठतामा उनी धिरज भन्दा एक वर्ष पहिले एआईजी भएका थिए । त्यो बेला नेकपाको सरकारका रक्षामन्त्री ईश्वर पोखरेलको पावर विश्वको डिआईजीमा बढुवा हुँदादेखि प्रयोग भयो भनियो । उनको सम्बन्ध काँग्रेसका डा. शेखर कोइराला पक्षसँग पारिवारिक नै थियो । तर प्रहरीमा देउवा दरबार हावी भयो । रु ९ करोड मागेपछि आफ्नो क्षमताले भ्याएन उनी आईजीपी भएनन् । धिरजप्रताप पश्चिमे थिए । काँग्रेसलाई उनै चाहिएको थियो । आईजीपी बनायो । विश्वले राजीनामा दिएर हिँडे । यहाँ राजनीतिमा प्रहरी जोडिनुले त्यो संगठन बहुदलीय व्यवस्था आएदेखिनै पार्टी करण छ र थियो भन्ने पुष्टि हुन्छ । त्यही कारण प्रहरीका पूर्व आईजीपी र एआईजीहरुले लोकतन्त्रको दलाली अभ्यास गरिरहेका छन् । सशस्त्र प्रहरीमा ठाकुरमोहन श्रेष्ठको राप्रपाको नेतृत्व दाबी गरिरहेका छन् भने वैशाखपछि अवकाश पाउने आईजीपी राजु अर्यालले के गर्लान् ?
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल