Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने कपिलवस्तु बैरा नगरपालिका–८ घर भएका २८ वर्षीय छेन गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु.१ ख ९९२३ नम्बरको ट्रक सडकमै पार्किङ गरेको अवस्थामा फेला पारी प्रहरीले कारबाही गर्ने क्रममा ट्रक चालक गिरीले कारबाहीबाट बच्न प्रहरीलाई दिएको उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।