Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरीले रामकुमारीलाई बोलायो, झाँक्रीले गरिन अस्वीकार

काठमाडौं । एउटा संस्थामाथि दिएको अभिव्यक्ति विवादमा परेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न चौतर्फी दबाव परेपछि प्रहरीले बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको हो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको बताएका छन् । झाँक्रीले भने आउन अस्वीकार गरेकी छन् । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।