Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी खोरमा जुवाडेको भिड !

काठमाण्डौ । चाँड पर्वको समयमा हुने चोरी तथा अपराधीक गतिविधिलाई प्रहरीले निग्रानी गरिरहँदा घर भित्र बसेर जुवा खेल्ने जुवाडेहरु भने उम्कन सकेनन् । नेपालको कानूनले जुवा तासलाई अवैधानिक भन्दछ तर फूर्सतमा रमाइलो गर्नेहरु त्यही अवैधानिक झ्याङ्लोमा पर्दछन् । यसैबिच नैकापबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ४ लाख ४३ हजार ३ सय ५ रुपैयाँ समेत बरामद भएको छ ।

पुरानो नैकापस्थित शंकर थापाको घरमा हारजित हुनेगरी जुवातास खेलिरहेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बुबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जुवाको खालबाट दुई लाख उनन्साठी हजार नौ सय पैँसट्ठी र पक्राउ परेकाहरुको साथबाट थप एक लाख त्रियासी हजार तीन सय चालीस रुपैयाँसहित कुल चार लाख त्रिचालीस हजार तीन सय पाँच तथा जुवा खेल्न प्रयोग भएको गलैँचा थान १, तास ६३४ पत्ती समेत बरामद गरि रुपैयाँका साथै तास समेत बरामद भएको छ ।

उनीहरुमाथि वृत्त थानकोटबाट अनुसन्धान भइरहेको परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले जानकारी दिए । उता भक्तपूरको चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दीपक गिरीले जुवातास खेलिरहेको जानकारी आएपछि गएको टोलीले पुरीका घरमा छापा मार्दा जुवातास खेलिरहेका अवस्थामा नगद रु १२ लाख ४३ हजार ७८० सहित १५ जनालाई पक्राउ गरेको जानकारी दिएका थिए ।

उनका अनुसार पक्राउ पर्ने जुवातास खेलाउने घरधनी ५२ वर्षीय मणिराम पुरी , जुवा खोल्ने २५ वर्षीय सुशील खत्री, २८ वर्षीय चन्द्रशेखर खत्री, ३३ वर्षीय नवराज खत्री, ५१ राजन कार्की, ४२ वर्षीय चिरञ्जीवी फुँयाल, ३० वर्षीय जनक खत्री, ४३ जीवन श्रेष्ठ, ३७ वर्षीय परमेश्र थापा, ३८ वर्षीय प्रेमकुमार विक, ४५ वर्षीय सरोज भण्डारी, ३९ विनोद तिमिल्सिना, ३५ वर्षीय विकास लामा, ३८ वर्षीय रुपेश न्याजु र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ५० वर्षीय रामु भण्डारी छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राजनीतिक दलसम्वद्ध केही युवानेता र पत्रकारसमेत छन् । यसअघि पनि चाँगुनारयणबाट केही युवानेतासहित प्रहरीले पक्राउ गरी नौ हजार धरौटीमा रिहा गरेको थियो । प्रहरीले नेताको नाम भने सार्वजनिक गरेको छैन । मणिराम पुरीले यसअघि पनि पटक–पटक जुवातास खेलाउँदै आएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी गिरीले जानकारी दिएका हुन् ।

 


सम्बन्धित समाचार