Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी तातेपछि माफियाको मोर्चाबन्दी

नेपालगञ्ज । स्थानीय प्रशासन र प्रहरीको कडी कडाउले होटल तथा क्यासिनोलाई प्रयोग गरेर गलत धन्दा चलाउनेहरु माथि प्रहरी आक्रामक बन्दै गएपछि त्यस्ता तत्वहरुको चुरिफुरी घटेको छ । यो समुह अतित खान र पंकज श्रिवास्तबसाग प्रजिअ सुर्यबहादुर खत्री, बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, पर्यटन कार्यलयका प्रमुख माधव ज्ञवालिलाई जोडेर गलत धन्दाबाट लिएको फाइदा गुमेपछि आक्रोसित भएको हो । कानुनले नेपाली नागरिकलाइ खुला रुपमा जुवाडे बन्न दिँदैन । पर्यटन मन्त्रालयले राजस्व तिरेर सञ्चालित क्यासिनोहरु बिदेसी पर्यटकहरुका लागि सहज बनाएको छ । मन्त्रालयको निर्देशन र तोकेको सिमा भन्दा बाहिर प्रजिअ, प्रहरी जान सक्दैन् ।

क्यासिनो सञ्चालकहरुले प्रहरीको आँखा छलेर नेपाली जुवाडे प्रबेश गराउँदा ड्युटिको प्रहरी र क्यासिनो व्यवस्थापनमाथि पर्यटन बिभागले कारबाही गरेको पनि छ । बाँके प्रहरीका एसपी अधिकारी, डिएसपी मधुसुदन न्यौपाने र सई विष्टको टिमले सुरक्षा सक्रियता देखाउँदा अवैध क्रियाकलापलाई व्यवशाय बनाउनेहरु सङ्कटमा पर्नु नौलो होइन् । नतृृत्वले कानुनसंबत ढङगले काम गर्यो भने अनुगमनमा खट्ने टोली गलत धन्दा चलाउनेसँग फस्दैन । बाँकेमा प्रजिअ र प्रहरीको टिम मिलेकै कारण स्थानीय निर्वाचनमा पनि गलत व्यवहार देखिएन् ।

कानुनि रुपमा चलेका क्यासिनो र होटलहरु स्थानिय प्रशाासनको निगरानिमा पर्नु नौलो होइन । कानुन बिपरीत भएका काम माथि आफै सक्रियतापूर्बक लागेका पर्यटन मन्त्रि प्रेम आलेले कारबाही गर्ने घोषणा गरिरहेका छन् । उनले बतास समूहमाथि गरेको आक्रमणले पर्यटन मन्त्रालयको काम देखिएको छ । यस्तै स्थिति नेपालगञ्जमा चलेका होटल तथा क्यासिनोहरुमा नक्कली परिचयपत्र बनाएर जुवा खेल्न प्रवेश गर्नेहरुलाई प्रहरीले बारम्बार आक्रमण गरिरहेको छ । त्यस्ता मानिसहरुको क्यासिनो प्रवेश गराएर फाइदा लिन पल्केकाहरुले प्रहरीविरुद्ध अभियान चलाएका हुन् । कानुन विपरित न त होटल चल्छ, न त क्यासिनो । त्यसमा पनि गृहमन्त्रालयले प्रहरी संगठनलाई गलत काम गर्नेहरुमाथि ठाउँको ठाउँ कारबाही गर्न दिएको अधिकार प्रहरीले प्रयोग गर्नु नौलो भएन ।

अहिले त्यस्ता गलत तत्वहरु नेपालगञ्जमा छटपटाएका छन् । जो हिजो कानुन मिचेर सिमा तस्करी र जुवा तासको अखडा नेपालगञ्जलाई बनाउँदै आएका थिए । प्रजिअ कार्यालय र प्रहरीको सक्रियतापछि गलत काम गर्ने व्यवसायीहरु पनि कारबाहीमा परे निगरानीमा जाने सुरक्षाकर्मीहरु पनि उम्कन सकेनन् । आफ्नो स्वार्थ पूरा नहुँदा स्थानीय प्रशासनविरुद्ध लाग्ने समूहको यतिखेर नेपालगञ्जमा हरिबिजोग भएको छ । त्यही बिजोगलाई उनीहरुले स्थानीय प्रशासनमाथि विभिन्न आरोप लगाएर उम्कने प्रयास गरिरहेका हुन् ।