Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी दिवसमा प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले आफ्नो ६४औं प्रहरी दिवस मनाएको छ । यही दिवसको अवरमा कार्यक्षेत्रमा खटिँदा मृत्यु वरण गरेका अमर प्रहरीहरुको सम्झनामा सो कार्यक्रमलाई जोडिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी दिवस र अमर प्रहरी दिवस आगामी वर्षबाट एकै थलोमा एकै दिन नराख्न समेत सुझाव दिए । प्रधानमन्त्रीले भने पद र अनुहार नहेरी अपराधबारे अनुसन्धान गर्नुपर्छ । उनले प्रहरी हरेक घटनाको निष्पक्ष छानबिन गर्न स्वतन्त्र रहेको पनि बताए ।
कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्‍यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न, प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ ।
यौन दुर्व्यवहार आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे पनि प्रधानमन्त्री ओलीले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । शुक्रबार प्रधानमन्त्रीद्वारा व्यक्त भनाइ त्यसैतर्फ लक्षित रहेको ठानिएको छ ।
प्रधानमन्त्री ओलीले अपराध अनुसन्धानमा कसैको दबाव नसुन्न पनि प्रहरीलाई आग्रह गरे । दबावले निष्पक्ष अनुसन्धान प्रभावित हुने भएकाले विधि र प्रक्रिया अनुरूप अघि बढ्नुपर्ने मत प्रधानमन्त्री ओलीको छ ।
प्रहरीले कसैको दबाव मान्नु पर्दैन, हुँदैन । निष्पक्ष ढंगले छानबिन गर्नुपर्छ, प्रधानमन्त्रीले भने, यसले मात्रै शान्ति सुरक्षा कायम हुनसक्छ । देश समृद्धिको यात्रामा अघि बढेकाले शान्ति सुरक्षा कायम गरेर अघि बढ्नु पर्ने प्रधानमन्त्रीले बताए ।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादलेले महिला तथा बालिकाउपर हुने हिंसाविरुद्ध शून्य सहनशीलता अनपाइ त्यस्ता गतिविधिमा संलग्न तत्वलाई निस्तेज पार्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाट नै कानून उल्लंघन हुनु क्षम्य नभएकाले बिना हिचकिचावट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गृहमन्त्री थापाले भने, जनताको भरोसा र विश्वास बोकेको कानून कार्यान्वयन गर्ने संगठनको सदस्यबाट नै कानून उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।
कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अमर प्रहरीका सन्ततिलाई उच्चशिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने, प्रहरीहरुलाई ठूलो रोग लागेका एक लाखसम्मको उपचारखर्चको व्यवस्था गर्ने, घाइते प्रहरी तथा परिवारहरुको उपचारका निम्ति प्रहरी अस्पतालमा बन्दोबस्तीसँगै बसोबासको व्यवस्थापन मिलाउने जस्ता नयाँ कार्यक्रमहरु यस वर्षदेखि लागू गरिएको जानकारी दिँदै प्रहरी संगठनभित्र कसैले पनि कुनै प्रकार प्रकारको आर्थिक अनियमितता नगरेको प्रष्ट पारे। उनले भने, प्रहरी संगठनभित्र आर्थिक अनियमितता छैन, अपराध विरुद्धको कारबाहीमा शुन्य सहनसिलता भन्ने निति अक्षरस पालना गरेका छौं। संगठनभित्र जवाफदेहिता र सुद्धिकरणका कामहरु भएका छन्।


सम्बन्धित समाचार