Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले चैते दशैँका दिन गरिँदै आएको परम्परागत मौलो पूजा गरेका छन् । आज नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा उनले बली पूजा र निशानामा पञ्जा छाप लगाए । प्रधान कार्यालयभित्रको सशस्त्र प्रहरी गण नम्बर–१ मा थापाले पूजा गरेका हुन् । मौलो पूजाको अवसरमा विशेष काम गरेको भन्दै प्रहरी नायव निरीक्षक भवानी चन्द र हवल्दार जितेन्द्र खाँलाई थापाले नगद पुरस्कार दिएका छन् । मौलो पूजामा एआइजी, डिआईजी र एसएसपी सहितका बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागीता थियो । पूजा विसर्जनपछि मुलकोत हनुमानढोकामा पठाइएको छ । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान हुन्छन् । मुख्य निशानमा सुर्य र चन्द्रको बिचमा राम धनुष अंकित हुन्छ । सहायक निशानमा सूर्य र चन्द्रमा चिन्ह अंकित हुन्छ ।
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल
२०८२ चैत्र ३
ताजा नेपाल