Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रहरी लगाएर नेपाल ट्रष्टले काठमाडौं प्लाजा खाली गर्ने

काठमाडौं । नेपाल ट्रष्टले आफ्नो स्वामित्वमा रहेको काठमाडौं प्लाजा खाली गराउने भएको छ। ठेक्का लिएको कम्पनीलाई पटक(पटक भने पनि अटेर गरेपछि खाली गराउन लागिएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। उनका अनुसार कमलादीस्थित उक्त प्लाजाको २७ वर्षको लिज ठेक्का कन्सेप्ट डेभलपर्स प्रा।लि।ले लिएको थियो। सम्झौता अवधि सकिएको झन्डै एक वर्षसम्म उसले प्लाजा खाली गरेन। कम्पनीलाई प्लाजा खाली गराउन गत असार, कात्तिक र अन्तिमपटक हालसालै सूचना निकालेर समय दिइएको थियो। कौडीको भाउमा २०५२ सालमा उक्त कम्पनीले प्लाजा लिजमा लिएको थियो। त्यसबेला उक्त प्लाजा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको नाममा थियो। पछि २०६४ सालमा राजामहाराजाको जग्गा सरकारीकरण गर्न ट्रष्ट गठन भएयता भाडा उसैले उठाउँदै आएको थियो। भाडादर एकदमै सस्तो रहेका कारण ट्रष्टले उक्त कम्पनीसँगको ठेक्का सम्झौता नवीकरण नगर्ने अडान लियो।