Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राइम बैंकले गर्यो ८.९५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई प्रति सेयर ४ प्रतिशतका दरले बोनस सेयर र प्रति सेयर ४.९५ प्रतिशतका दरले नगद लाभाँश दिने प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८–७९ मा एक अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँ कमाएको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीले पाउनेछन् ।


सम्बन्धित समाचार