Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राधिकरणका तत्कालीन अध्यक्ष झा र खनाल सहित १९ जाना विरुद्ध पर्यो भ्रष्ट्राचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दुरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम एमडीएमएस परामर्श सेवा खरिद कार्यमा अनियमितता गरेको भन्दै प्राधिकरणका तत्कालिन अध्यक्ष दिगम्बर झा र पुरुषोत्तम प्रसाद खनाल सहित १९ जाना विरुद भ्रष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अदालतमा तत्कालिन अध्यक्ष झा र खनाल सहित निर्देशकरबरिष्ठ निर्देशक आनन्द राज खनाल, उपनिर्देशकरनिर्देशक मिन प्रसाद अर्याल, सहायक निर्देशकरउपनिर्देशक विनोद चन्द्र श्रेष्ठसमेत १९ जना र २ वटा कम्पनी उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप(पत्र दायर गरेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।