Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राधिकरणको महानिर्देशक को बन्ला ?

पोखरेललाई तालाचाबी सुम्पेर गौतम बिदामा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न दौडधूप गर्नेहरूले अहिले प्रम निवास बालुवाटारदेखि सिंहदरबारका शक्ति केन्द्रमा धाइरहेका छन् । महानिर्देशक सञ्जिव गौतमले उमेरहदका कारण पदबाट अवकाश लिने भएपछि यो स्थिति खडा भएको हो । उनले राजन पोखरेललाई निमित्त दिएर हिँडेका छन् । जबकि पोखरेल वरिष्ठ होइनन् । पोखरेलको पक्षमा थैलो बोकेर कुदिरहेका प्रदीप अधिकारीको दौड काम लाग्छ कि लाग्दैन त्यो भने कुर्न बाँकी छ ।
प्राधिकरणले एयरपोर्टहरूको सुधार मात्र होइन हवाई उड्डयनको क्षेत्रमा अन्तर्राष्ट्रिय उडानसम्बन्धी चासो राख्छ । प्राविधिकहरूको बर्चश्व रहेको प्राधिकरणको महानिर्देशक पद आकर्षक हुन्छ । त्यही कारण योग्यता पुगेका भन्दा नपुगेकाहरूनै महानिर्देशक बन्न पैसा बुझाउन तयार हुने गर्दछन् । अहिले नेकपाको सरकार छ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय विभागीय मन्त्रीविहिन छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार, निर्माणाधिन पोखरा क्षेत्रीय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका आफ्ना प्रोजेक्ट हुन् । स्व. रविन्द्र अधिकारीलाई दाजुको नाता लगाएर प्रदीप अधिकारीले नवनिर्मित एयरपोर्टहरूको अनुगमन सुपरीवेक्षण गर्ने अवसर पाएका थिए । उनले ठेकेदारहरूलाई सताएको बताउनेहरूले स्व. मन्त्री अधिकारीको बदनाम गराएको बताउँथे । यिनै अधिकारी महानिर्देशक बन्न दौडधूप गर्दैछन् । उनको योग्यताले त्यो पद धान्दैन । त्यस्तै दौडधूपमा छन् सेफ्टीहेड प्रमुखको रुपमा रहेका काँग्रेस कार्यकर्ता भनाउन रुची देखाउने राजन पोखरेल । पोखरेल र अधिकारी दुवैले पैसा खर्च गर्न परे पनि पछि पर्ने छैनन् । यिनीहरू राजनीति फेरो समाउन तयार भएका प्रतिस्पर्धी हुन् । विमानस्थलको व्यवस्थापनमा सुभाष श्रेष्ठ नामक तस्करलाई भाडा नलिईकन प्राधिकरणको सटर सुम्पेर कुम्ल्याएका राजकुमार क्षेत्रीलाई दिउँसै कार्यालयमै रमाइलो गर्दैमा फुर्सद छैन । तिनले महाप्रबन्धक पद पाउँदैनन् । सफाईको नाममा लोडर भर्नाको नाममा अनियमित कार्य यिनै क्षेत्रीको समयमा व्यापक भएको छ । तस्करी त एयरपोर्टको चलनचल्ती नै हो । सुभाष श्रेष्ठले महाप्रबन्धक क्षेत्रीलाई प्रयोग गरेकाले विदेशी रकमसहित पक्राउ पर्दा पनि पछुताउ गर्नु परेन । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमको समय सकिँदैछ । उनले संस्थागत सुधार गरेनन् । त्यही एयरपोर्टको महाप्रबन्धक पद विवादरहित ढंगले चलाएर प्राधिकरणमा फर्केका देवानन्द उपाध्याय, महानिर्देशकको प्रतिस्पर्धी हुन् । उनी पूर्व प्रम माधवकुमार नेपालको स्वकीय सचिव बनेर काम गरेका अनुभवी प्राविधिक हुन् । सतिले सरापेको देशमा नेकपाको सरकार त्यो पनि पार्टीलाई वास्ता नगर्ने प्रधानमन्त्री केपी ओलीले कस्ता धुन्धुकारीहरूको सल्लाहले महानिर्देशक छनोट गर्छन् यसै भन्न सकिँदैन । पैसा पाएपछि जस्ता मान्छे पनि सरकारी नियुक्तिमा पर्ने भएकाले प्रधानमन्त्री ओलीले कुशल प्राविधि छनोट गर्छन् भन्न सक्ने स्थिति छैन । उनका सल्लाहकारहरूले उनलाई फसाएका छन् । यिनै प्रधानमन्त्रीले पाल्पाको प्रजिअ पद बाँकी रहँदा रहँदै महाभ्रष्ट विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव पद पार्टीका महासचिव विष्णु पौडेलको दबावमा सुम्पिँदा चर्को आलोचना सहेका थिए । ढकालको बारेमा यथार्थ थाहा पाएपछि गत साता मन्त्रिपरिषदले ढकाललाई बर्खास्त गरेको हो । अहिले महानिर्देशक सञ्जिव गौतमले नेपाललाई जहाज बेच्ने युरोपेली युनियन आवद्ध मुलुकले वायुसेवा निगमलाई उडान स्वीकृत नदिएकामा प्रतिवाद गर्न सकेनन् । प्राधानमन्त्री आफैंले फ्रान्सको भ्रमणमा यो विषय उठाउँदैछन् । तत्कालिन मन्त्री रविन्द्र अधिकारीले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल वायुसेवा निगमलाई उडान भर्न किन दिइँदैन ? नेपाललाई जहाज बेच्ने उडान स्वीकृत नदिने कसरी भयो भनेर प्रतिवाद गर्ने गरेकै हुन् यसको लागि चासो लिने सरकारको संस्था भनेकै नागरिक उड्डयन प्राधिकरण हो । यो कामको लागि प्राधिकरणकै वरिष्ठ सक्षम उम्मेदवार महानिर्देशक बन्नुपर्छ नकि भ्रष्टाचारमा डुबेका दुर्गन्धहरू ।