Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्राधिकरण डुबाउने सिमेन्ट उद्योग

काठमाण्डौ । विद्युत् प्रयोग गरेर सिमेन्ट रड उत्पादन गरेर आफ्नो व्यवसाय सफल बनाउने तर विद्युत् प्राधिकरणलाई महशुल नबुझाउने देशद्रोही उद्योग पतिको सर्वत्र विरोध भएको छ । तर कमाई गरेर चुत्याँइ प्रर्दशन गर्ने विद्युत् प्राधिकरणको नेतृत्व र उर्जा मन्त्रालयको नालायक नेतृत्वलाई ती देश द्रोहीहरूले टेरेका छैनन् । जनताको घरको ७ युनिट बिजुलीको समयमा भुक्तानी भएन भने लाईन काटने विद्युत् प्राधिकरणका प्राविधिकहरू तीनै देश द्रोहीको घुस खाएर संस्था डुबाउन सक्रिय छन् ।
प्राधिकरणले ४० अर्व १२ करोड विद्युत् महशुल उठाउन सकेको छैन । उद्योगीहरूसँग घुस खाने संस्था डुबाउने वोर्ड सदस्यहरू क्रान्तिकारी मन्त्री पम्फा भुसालले पनि हटाइनन् । अहिले शक्ति बस्नेतले पनि तीनै घात गर्ने बोर्ड सदस्यसँग मिलेर काम देखाउनु छ । त्यो रकममा डेडिकेटेट ट्रंक लाईन (कहिले लोड सेडिङ नहुने) को मात्र १९ अर्व ९५ करोड छ । उद्योग होटल र अस्पतालहरूले त्यो सुविधा पाएका हुन । विजुली उपयोग गरे वापतको महशुल नर्तिने तर भारतमा सिमेन्ट र डण्डीको व्यापार थालेको गर्व गर्ने तीनै नालायक उद्योग पतिहरू महासंघका नेता छन् ।
प्राधिकरणको आन्तरिक सुधार गर्न कुलमानको एक्लो सक्रियताले होइन । प्राधिकरण डुवाउने मुकेश काफ्ले देखि हृदेन्द्र शाक्यसम्म काँग्रेस एमालेको दौरामा थिए । डा. प्रकाशशरण महत ऊर्जामन्त्री बन्दा प्राधिकरणलाई इन्र्भटर कार्यालय बनाएर आन्तरिक चोरी खुला गर्दा बालाजु क्षेत्रको विद्युत्को महशुल तीनै भ्रष्ट कर्मचारी र नेताको खल्तीमा गएको थियो ।
२० अर्व १७ करोड नियमित महशुल ५ अर्व १८ करोड सडक वत्तिको रकम वाँकी छ । स्थानीय तह र प्राधिकरणले सडक वत्तिको महशुलमा विवाद छ । सामाजिक उत्तर दायित्व यीनले वहन गरेका छैनन् । उत्पादनबाट नाफा कमाउने विद्युत् महशुल नर्तिने पशुपति मुरारका जस्ता उद्योगपति भएको देशमा निष्ठाको व्यापार हुने कल्पना गर्न सकिँदैन । सोनाश्री मिनरलले विद्युत् महशुल ४१ करोड ६६ लाख तिरेको छैन । यो कम्पनीले डेडिकेडेट ट्रक लाइनबाट ३२ करोड ९४ लाख समेत गरी ७४ करोड ५९ लाख तिरेको छैन । रोल्पा सिमेन्टले ८ करोड ४४ लाख तिरेको छैन । उद्योगहरूले नै प्राधिकरणलाई महशुल नर्तिदा तीनको सान प्रतिष्ठा कसरी रहन्छ । त्यस्ता कारखानाले गाउँ घर उजाड वनाएका पनि छन् । सरकारका निकायलाई त्यस्ता कुरामा चासो छैन । काठमाण्डौमा विद्युत्को महशुल नर्तिदा सामान्य ग्राहकलाई न्युनतम १५० प्लस ९० जोड्दा पनि २४० को कारण लाइन काटने शामन्तको रूपमा लिइने विद्युत् प्राधिकरणका ज्वाइहरू १० जना छन् । तीनको काम सिमेन्ट र डण्डीको नाउमा राजस्व छल्ने देश लुटने नै हो । उद्योग वाणिज्यसँघमा जो सुकै अध्यक्ष होस् । उसको प्राथमिकता एमालेका अध्यक्ष र नेताहरू भन्दा कम हुँदैन । एमालेको स्वार्थमा पशुपति धर्माशाला ताजमहल बनाईयो । नेपाल ट्रष्टको सम्पत्ति एक करोड कममा भाडामा लगाएर नेताले हजम गरेको कुरा वल्ल वल्ल खुल्दैछ ।
विजुली प्रयोग गर्ने र आफु नाफा कमाउनेको भिडमा त्यस्ता महाजन छन् । जो एमालेका प्रधानमन्त्री र राष्ट्रपतिले पदक तथा विभूषण दिलाएका पात्र हुन । तीनले राजस्व मार्छन । बिजुली खपतको पैसा तिर्दैनन् ।