Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालमै सबैभन्दा बढी पटक रक्तदान गरेका नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कमाचार्यलाई रक्तदाता सम्राटको उपाधि दिइएको छ। विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज महालक्ष्मी नगर समितिको आयोजना र नेवाः देय् दबू महालक्ष्मी कचाः को सह आयोजनामा भएको कार्यक्रममा कर्माचार्यलाई सो उपाधी दिइएको हो। कर्मचार्यले अहिलेसम्म १७४ पटक रक्तदान गरेका छन्। उनलाई ५ फिट ९ इन्चको कलात्मक विभूषण पत्र वडा अध्यक्ष धर्म महर्जन र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले प्रदान गरेका थिए। सो अवसरमा रक्तदान जागरण गीतको समेत विमोचन गरिएको थियो।
२०८१ चैत्र २८
ताजा नेपाल
२०८१ चैत्र २८
ताजा नेपाल
२०८१ चैत्र २८
ताजा नेपाल