Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर गरे १८५ औँ पटकको रक्तदान

जाजरकोट । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले जाजरकोट पुगेर १८५ औँ रक्तदान गरेका छन्। उनले आज जाजरकोट जिल्ला अस्पतालमा पुगेर १८५औं पटक रक्तदान गरेका हुन्। रक्तदान कार्यक्रममा कर्माचार्यले नागरिकबाट निस्शुल्क प्राप्त हुने रगत बिरामीलाई पनि निस्शुल्क उपलव्ध गराउन सरकारसंग आग्रह गरे। कार्यक्रमका सहभागी जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख काली बहादुर खत्रीले दान धेरै प्रकारका हुने भए पनि सबैभन्दा महत्वपूर्ण दान भनेको रक्तदान भएको बताए। उनले अहिलेको समयमा जनचेतनाको कमिका कारण स्वयंसेवी रक्तदाता जुटाउन गाह्रो भइरहेको उल्लेख गरे। यस्तै भेरी नगरपालिकाका ३ नम्बर वडाका वडा अध्यक्ष लिलाबहादुर शाहले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्नका लागि रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउँदै, आगामी आर्थिक वर्षमा पनि रक्तसंचार केन्द्रका लागि थप रू १ लाख छुट्याउने प्रतिबद्धता जनाए। नेपाल स्वयंसेवी रक्तदाता समाज जाजरकोट जिल्ला शाखाका अध्यक्ष प्रेमबहादुर ओलीले जाजरकोट जिल्लामा रक्तसंचार केन्द्र स्थापना गर्न विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिए।


सम्बन्धित समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

२०८२ फाल्गुन २२

ताजा नेपाल