Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेस युनियनबाट विद्रोह गरेका रमेश विष्टको यस्तो छ प्रतिबद्धता

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार रमेश विष्टले आफ्नो नेतृत्वको प्यानल सार्वजनिक गरेका छन्। विष्ट नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रोशन पुरी, महिला उपाध्यक्षमा गङ्गा पौडेल ९बराल०, समावेशी उपाध्यक्षमा सुभासप्रसाद साह र महासचिवमा लेखनाथ न्यौपानेको उम्मेदवारी छ। यस्तै, खुला सचिवमा उत्तरसिंह विष्ट, मधेशी सचिवमा श्रीजन झा, महिला सचिवमा सरिता बराइली, दलित सचिवमा वसन्त विक, आदिवासी जनजाति सचिवमा भीषण राई, एशोसिएट सचिवमा विकास कार्की र कोषाध्यक्षमा रामकृष्ण अधिकारीले उम्मेदवारी दिएका छन्। विष्टको प्यानलबाट कोशी प्रदेश केन्द्रीय सदस्यमा तीर्थ सिग्देल र दीपेन्द्रकुमार राई, मधेश प्रदेश केन्द्रीय सदस्यमा राजु विश्वकर्मा र सञ्जयकुमार राउत, बागमती प्रदेश केन्द्रीय सदस्य उपत्यकाबाहेकमा मणिराज गौतम र मीनकुमार दाहाल छन्। गण्डकी प्रदेश केन्द्रीय सदस्यमा दीपक भट्टराई, लुम्बिनी प्रदेश केन्द्रीय सदस्यमा यानेन्द्र जिसी र सुमन अधिकारी, कर्णाली प्रदेश केन्द्रीय सदस्यमा देवीराम देवकोटा र यज्ञराज थापा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यमा डिलबहादुर सिंह र रामसिंह ठगुन्ना तथा उपत्यका प्रदेशमा अर्जुन पन्त र सूर्य सुवेदी उम्मेदवार छन्। प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यमा वीरेन्द्र ओली र साहस भट्ट, खुला केन्द्रीय सदस्यमा केशवबहादुर भुल, दामोदर खनाल, लेखनाथ खतिवडा, बुद्ध लोप्चन र रामकुमार श्रेष्ठ, आदिवासी, जनजाति केन्द्रीय सदस्यमा सरु राना, मधेशी केन्द्रीय सदस्यमा मीनाकुमारी यादव, खस आर्य केन्द्रीय सदस्यमा दिया चन्द र दलित सदस्यमा लक्ष्मण दर्नाल उम्मेदवार छन्।
त्यसैगरी, आदिवासी जनजातितर्फ अर्जुनबहादुर तामाङ, मधेशीमा चन्द्रदेव कामती ९पुरुष०, ललिताकुमारी साह ९महिला०, अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा अर्जुन काफ्ले, अल्पसङ्ख्यकतर्फ केन्द्रीय सदस्यमा बख्तियार अली, लेखा समिति संयोजकमा ध्रुव रावल तथा लेखा समिति सदस्यहरुमा गणेशप्रसाद बन्जाडे र लक्ष्मी चौधरी उम्मेदवार छन्। नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियनका नेता विष्ट यसअघि पत्रकार महासंघको वरिष्ठ उपाध्यक्ष थिए। एमालेनिकट प्रेस चौतारी नेपाल र प्रेस युनियनबीच प्रेस चौतारीबाट निर्मला शर्मालाई साझा उम्मेदवार बनाउने सहमति भएको छ। युनियन–चौतारी सहमतिपछि युनियनका नेता विष्टले विद्रोह गरेर बाघी उम्मेदवारी दिएका थिए। त्यसपछि घोषणा भएको उक्त प्यानल माओवादी निकट प्रेस सेन्टर, समाजवादी प्रेस संठगनलगायतका संगठनसँगको तालमेलमा बनेको टिम हो।

यस्ता छन् रमेश विष्ट प्यानलका उम्मेदवारहरूको प्रतिबद्धता
१. सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरूप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै, यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरूप्रति अभिनन्दन प्रकट गर्दछौं। हामी उहाँहरूले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनवरत हिँडिरहने प्रण गर्दछौं।
२. नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरूको मात्रै साझा संगठन बनाई आम कलमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रूपमा अघि बढाउने छौं साथै लोकतान्त्रिक समुदायको भरोषायोग्य नागरिक संस्थाको रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं।
३. हाम्रो प्यानल श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं। श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ। श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं।
४. संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं।
५. पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं। साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन सतप्रतिशत वृद्धिको लागि पहल गर्नेछ।
६. पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरूका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं।
७. महिला, दलित, आदिवासी, जनजाति, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं।
८. पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं।
९. महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिँदै इ(लाइब्रेरी र सञ्चार संग्राहालय निर्माण गर्नेछौं। लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछ।


सम्बन्धित समाचार