Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
वैचारिक रुपमा माओवादीले उठाएको एजेण्डालाई आत्मसाथ गरेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्र सम्मेलनले अध्यक्ष सहित १९९ जनाको केन्द्रीय समिति सर्वसम्वत छनौट गरेपनि पदीय भागवण्डामा आकाक्षीहरु धेरै हुँदा अध्यक्ष विष्णु सापकोटा जुगल बाहेक अरुले माला र अबिर लगाउन पाएनन् । उद्घाटनकै दिन पार्टी अध्यक्षले अध्यक्षमा जुगललाई घुमाएर उभ्याएकाले सो पदमा अरुले नजर लाउन सकेनन् तर वरिष्ठ उपाध्यक्ष महासचिव उपाध्यक्ष उपमहासचिव जस्ता पदमा आश राख्नेहरुले अधिवेशन स्थलमा पदाधिकारी टुङ्गो लगाउने वातावरण बन्न दिएनन् । कुनै पनि जनवर्गीय संगठनमा प्रतिस्पर्धाबाट नेतृत्व छनौट हुनु सम्बन्धीत संस्थाको गरिमा बढ्नु हो । तर यहाँ आकाक्षीहरुमाथि दबाब दिन अध्यक्ष महेश्वर दहाल नेताहरु ओम शर्मा, खिल बहादुर भण्डारी, बलराम थापा, लक्ष्मी पुन, संगिता खड्का, मनोज घर्ती गोविन्द रोकायाहरुले सकेनन् । व्यत्तिको महोत्वकाँक्षामाथि प्रहार नगर्ने नरम निति अपनाएका महेश्वर दहाल यस पटक विवादमा फस्न चाहेनन् । महासचिव पदमा त मनोज घर्ती नै आउने पक्का छ ।
सेन्टरको विधानले महिला उपाध्यक्ष १ समावेशी उपाध्यक्ष १ ठूला उपाध्यक्ष ११ उपमहासचिव ५ र पन्ध्र जना सचिवको व्यवस्था गरे पनि नेतृत्व निर्धारण गर्ने जिम्मेवारी पार्टी अध्यक्षलाई नै सुम्पिएको देखियो । पार्टी अध्यक्ष पुष्प कमल दाहाल राष्ट्रिय महाधिवेशनको प्रतिवेदन प्रदान गर्न गुप्तबास बसेका कारण प्रेस सेन्टरको नव निर्वाचित नेतृत्वले संगठनको कृयाकलाप तत्काल देखाउने अवस्था भएन । सेन्टरको निम्ति नेपाली पत्रकारीताका दर्जनौ समस्या अगाडि आएका छन् । साना लगानीका पत्रपत्रिका माथि विज्ञापन बोर्डबाट लगाइएको अंकुश होस् वा समानुपातिक विज्ञापन निति कार्यन्वयन गर्न दबाब दिने अवस्था होस् । काम गरेर पारिश्रमिक नदिने कर्पाेरेट हाउसहरुले दिने पिडा त कति छ कति ? पत्रकारहरु बिच विवाद रहित ढङ्गले नेतृत्व चयनमा आउनु पर्ने सेन्टर पदाधिकारी भागवण्डामा भने अल्झिएको छ ।
राजनितिक रुपमा निष्ठा र सिद्दान्तले बाटो बिराएपछि पार्टीहरुसँग जोडिएका भातृ संगठनहरुको हालत यस्तै हुन्छ । यस पटक प्रेस सेन्टरका नेताहरुले देश भरिका प्रतिनिधिहरु माझ नत दम्ब देखाए नत अहंकार नै । उनीहरु नरम पन्थी बने त्यही कारण पदाधिकारीमा चाहना राख्नेहरुले अधिवेशन स्थलमा नेतृत्व चयनको टुङ्गो लगाउने वातावरण पूरा गर्न दिएनन् । यहाँ कमजोर पक्ष भनेको काम भन्दा पनि पद आगत्ने मै केन्द्रीत छ प्रेस सेन्टरले राष्ट्रियता सार्वभौम अखण्डता संघियता, गणतन्त्र, समावेशीताका मुद्दाहरुलाई आफ्नो एजेण्डा बनाएर नेपाली संसार जगतलाई दार्याउन सकेको खण्डमा मात्र संचार क्षेत्रका समस्याहरु समाधान गर्ने बाटो खोल्न सक्दथ्यो । यहाँ भाइचारा संगठनहरुको साथ जरुरी छ । ढिलो चाडो जुगल नेतृत्वले पूर्णता पाउने र सेन्टरले पेशागत मर्यादा व्यवसायीक हितका निम्ति आफ्ना योजनाहरु प्रस्तुत गर्ने मौका पाउनै पर्दछ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल