Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

प्रेस सेन्टरले गठबन्धन फेर्दै

काठमाडौं । श्रमजीवी पत्रकार र पेशागत हकहितका लागि भन्दा मालिकहरूकै सेवामा सक्रिय रहने नेपाली पत्रकारहरूको नेतृत्वप्रति धेरै टिकाटिप्पणी गरिरहनु जरुरी छैन । यसपटक नेपाली काँग्रेसको प्रेस युनियनसँग गठबन्धन गर्दै २ कार्यकाल बिताएको प्रेस सेन्टरले भने गठबन्धन फेर्ने भएको छ । काँग्रेसका पत्रकार नेताहरू पार्टीमा पनि बस्ने पत्रकार पनि हुने तर प्रेस चौतारी, प्रेस सेन्टरलाई सुद्धिकरणको नाममा सदस्यता नविकरणमै बन्देज लगाउने गरेकै छन् । महासंघको नेतृत्व श्रमजीवी पत्रकारका समस्याबाट टाढा छ । बिपुल पोखरेलको कर्याकालमा नत साना लगानीका स्वरोजगारमूलक पत्रपत्रिकालाई संरक्षण गर्ने नीति बन्यो, नत साहुजीको पत्रकारितामा श्रमजीवी पत्रकारले पारिश्रमिक पाए । नाफा नोक्सानको व्यापारमा लागेका राष्ट्रिय दैनिकले अर्थमन्त्रीसँग राजश्व छूट गराउन दबाव दिँदा मन्त्री नमानेपछि निरन्तर सम्पादकीय र समाचार लेख्ने कैलाशहरू समानुपातिक विज्ञापन नीति विरोधी हुन् । प्रेस सेन्टरसँग चुनाव जित्दा सम्झौता गर्ने आफूले नेतृत्व लिएपछि अर्को गठबन्धनको बाटो खोज्ने चलन युनियनको छ । व्यवसायिक हित र पेशागत मर्यादामा लाग्नुपर्ने पत्रकारको नेतृत्वलाई श्रमजीवीका सेवक जन्मदेव जैशीको पछाडि लाग्न बाध्य छ । महासंघमा जैशीहरू जस्ता २÷४ जनाको खाँचो छ । प्रेस सेन्टर, चौतारी, समाजवादी प्रेसबीचमा गठबन्धन हुँदा मसाल, नेत्रविक्रम चन्द, मोहन वैद्य पक्ष जोडिन्छ कि सदस्य संख्या भन्दा पदकै बार्गेनिङमा रमाउँछ त्यो भने हेर्न बाँकी नै छ । युनियनको गठबन्धनमा यस पटक सेन्टरले अध्यक्ष पाउनु पर्छ । तर युनियन दिने पक्षमा छैन । सेन्टरका नेताहरू आवश्यक तयारीमा जुटेका छन् । चौतारीको तयारी उस्तै छ । विगतमा चौतारीले आफ्नै सम्झौता तोड्दा प्रेस सेन्टरले गठबन्धन फेरेको हो । जेठ २६ गते देशभर महासंघको निर्वाचन हुँदैछ । यस पटकको निर्वाचनमा वामपन्थी शक्तिहरूका भगिनी संगठनहरूको गठबन्धनमाथि खेल्ने ठाउँ प्रेस युनियन जस्ता संगठनहरूले प्रशस्त पाउने भएका छन् । किनकि प्रेस चौतारी पनि अहंकार र दम्भबाट उम्लिएको संगठन हो ।


सम्बन्धित समाचार