Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेतृत्व लिएपछि योजनाबद्ध घोषणा गर्न सकिन्छ । कार्यान्वयनमा चासो हुन्छ । भाद्र २४ को घटनाले आत्मबल गिरोका प्रहरीलाई ३३औं आईजीपी दानबहादुर कार्कीले फकाउँदै गिरेको मनोबल उठाउँदै छन् । भाद्र २४ मा आफ्नै कार्यालयको सुरक्षा गर्न नसक्ने स्थिति प्रहरीको होइन । तर देखियो त्यस्तै । २४ भाद्रको तोडफोड र आतंकले प्रहरीको कार्यालयहरू उपत्यकामा धेरै जले । ध्वस्त कार्यालय सुधार्दै दैनिक कार्य सञ्चालनमै प्रहरीको दिन बित्दैछ ।
६२ वर्ष अगाडि स्थापित बालाजु औद्योगिक क्षेत्रको जमिनमा रहेको प्रहरी प्रभाग २०७१ मा नयाँ भवन पाएको ११ वर्षमा ध्वस्त भयो । स्थानीय जागरुक समाजसेवी र क्लब तथा विभिन्न व्यवसायीद्वारा पुननिर्माण बालाजु प्रभाग ६४ दिनमा तयार भई कात्तिक २९ गते डिएसपी ज्ञानबहादुर विष्टको टिमलाई बुझाइएको छ । काठमाडौंका एसएसपी रमेश थापा पुननिर्माण समितिद्वारा आयोजित भवन हस्तान्तरण कार्यक्रममा पुगेका थिए । प्रदेश सांसदहरू कामनपा वडा नं. १६ को जनप्रतिनिधिहरू, क्लब तथा व्यवसायी प्रतिनिधिहरूको उपस्थितिले समुदायसँग प्रहरी साझेदारी अभियान सार्थक छ भन्ने देखाउँछ । प्रहरी आईजीपी कार्कीले प्रहरीलाई सबल बनाउन सहुलियत दरमा ऋण दिने, राशन बढाउने, योग्यता र क्षमताका आधारमा सरुवा बढुवा गर्ने पक्षमा छन् । कार्कीले आफ्नो दुई वर्ष ५ महिने कार्यकालको अवधिमा संगठन कस्तो बनाउँछन् थाहा छैन तर काँग्रेस र एमाले गृहमा आए भने पार्टीकरण हुनबाट जोगाउन सक्नु नै उपब्धी हुन्छ ।
कार्कीलाई सकस
फौजी समूहमा वरिष्ठतालाई नै संगठनको नेतृत्व दिन अदालती कर्मकाण्डलाई समेत लत्याउने काम हिजो जस्तै हुन्छ कि भन्ने शंकालाई प्रधानमन्त्रीले यस पटक चिर्न सकिन् । कार्की आयोगका प्रवक्ता प्रहरीका पूर्व एआईजी विज्ञानराज खनाल र काँग्रेसका गगन थापाहरूको योजना त्यो बेला भत्क्यो जुन बेला तीनले बोकेका नुवाकोट एआईडी डा. मनोज केसी दौडधूप चम्काउँदै थिए । एमालेका अध्यक्ष सत्तामा हुन्थे भने उनले हस्तक्षेप गर्थे । राजन अधिकारी उनकै हुन् । गुप्तचरबाट आएको टोली प्रहरीमा बदनाम छ । तर सिद्धिविक्रम शाह आफू २०५३ को भन्दै हिँडेकै थिए । कार्कीलाई बिवादमा पार्ने काम विज्ञानराज शर्माले गर्दै थिए । उनी भदौ २४ मा उपत्यकामा आएका थिए । उनले परिस्थिति सुधार्ने प्रयास गरे पनि भड्किएको अवस्था थियो । जुन दिन कार्की आए त्यो दिन २३ को कत्लेआमको परिणाम थियो । कार्कीलाई निर्वाचन र शान्ति सुरक्षाको बढी चासो लिनु थियो । त्यसका लागि दलीय तयारी प्रमुख कुरा हो । २ वर्ष ५ महिनाको कार्यकाल कार्कीलाई अस्थिरता र आक्रोशको सामना गर्नुछ । प्रहरीले सरकारको योजना पुरा गर्नु छ । दलीय सहमति कुर्नुछ । रोकिएका बढुवा खुलाउनुछ ।
एमाले र काँग्रेसले शासन गर्दै थिए भने प्रहरी अझै थिलथिलो हुन्थ्यो । तर चुनावी सरकारले राजनीतिभन्दा पनि संगठनमा वरियता र जेष्ठतालाई जोड दिनु पथ्र्यो, दियो । आईजीपी कार्की विवादरहित थिए तर जेनजी आन्दोलनको त्यो दमनसँग जोडेर आईजीपी बन्न नदिने विज्ञानराजको योजना थियो । सफल भएन । आफू स्वच्छ देखिन विज्ञानले खेलेको खेल थन्कन्छ भन्ने उनमा थिएन । प्रधानमन्त्री कर्कीका श्रीमान दुर्गा सुवेदसम्म डा. केसीको पक्षमा विज्ञानबाट कुरा पुगेकै हो । आफ्नो ससुराली खलकका केसीको पक्षमा काँग्रेस महामन्त्री गगन थापा पनि निकै लागि परेका हुन् । अहिले प्रहरीले नेताका घरमा भान्से र सुसारे बनाइएका प्रहरीहरू फिर्ता गरेको छ । २ महिने आईजीपी खापुङ अब असली एमाले कार्यकर्ता भएका छन् । नवराज सिलवाल, सर्वेन्द्र खनालहरू प्रहरीबाट एकाएक एमाले बने । सिलवाल ललितपुरबाट चुनवा लडे, सांसद भए अहिले बागमती प्रदेश सदस्य छन् । खनाल भने तनहुँ १ र काठमाडौं ६ बाट चुनाव लडेर पराजित भएपछि एमालेबाट टाढिएको अवस्था छ । अर्का भूपू प्रहरी डिआईजी रमेश खरेल राजनीतिमा चासो लिँदा बाराको उप चुनवामा होस् वा काठमाडौं क्षेत्र नं. १ मा भोगेको पराजयले थान्को लागेका छन् । प्रहरीमा हुँदासम्म प्रचारमुखी यी खरेल पनि काँग्रेसी आडमा चम्के पनि चुनावमा काँग्रेसले नपत्याएका पात्र हुन् । प्रहरी सेवाबाट हटेकाहरूले राजनीतिक चासो लिनु नौलो भएन । किनकि प्रहरीलाई कार्यकर्ता बनाउने एमाले र काँग्रेसको स्वार्थ यस पटक पूरा भएन । कर्मचारी, प्रहरी, शिक्षक, न्यायिक सेवालाई तिनकै ऐन, नीति नियममा चल्न दिँदा संस्थागत सुधार हुन्छ । तिनको गरिमा बच्छ । निष्पक्षता र सेवामुखी संस्था हुन्छन् । यसतर्फ दलीय चरित्र सुध्रनु जरुरी छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल