Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार दुई प्रतिवादी पक्राउ

मोरङ । बाल सुधार गृह बिराटनगरबाट मंसिर ९ गते भागी फरार रहेका ज्यान मार्ने उद्योग मुद्दाका प्रतिवादीहरु १७ वर्षीय किशोर तथा जवर्जस्ती करणी मुद्दाका प्रतिवादी १८ वर्षीय किशोरलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । उक्त प्रहरी टोलीले १८ वर्षीय किशोरलाई सुन्दरहरैचा नगरपालिका(७ गोठगाँउबाट शुक्रबार र १७ वर्षीय किशोरलाई झापा, बिर्तामोड नगरपालिका(१ बाट शनिबार पक्राउ गरेको हो ।

१८ वर्षीय किशोरलाई जिल्ला अदालतको २०७६ असार ५ गतेको आदेशले पुर्पक्षको लागि बाल सुधार गृहमा बस्दै आएका थिए भने १७ वर्षीय किशोर जिल्ला अदालत झापाको आदेशले २०७६ श्रावण १७ गतेदेखि उक्त बाल सुधार गृहमा रहँदै आएका थिए ।

बाल सुधार गृहमा रहेका दुवै प्रतिवादीहरू फरार भएको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षक राजकुमार खिउजूको संयोजकत्वमा छानवीन समिति गठन भई अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार