Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादीलाई गोली हानेर पक्राउ

काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका(५ जम्बुडाँडाबाट ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक जुगल गाउँपालिका(३ घर भई हाल गोकर्णेश्‍वर नगरपालिका(८ अत्तरखेल बस्ने ३० वर्षीय बिष्णु तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीलाई देखि भाग्दै गरेका उनलाई बाँया खुट्टामा १ राउण्ड गोली प्रहार गरी प्रहरीले पक्राउ गरेको हो । पक्राउ तामाङलाई उपचारको लागि वीर अस्पताल लगिएको र अवस्था सामान्य रहेको महानगरीय वृत्त बौद्धले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल