Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादीहरु धमाधम पक्राउ

बर्दिया । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-४ मगरपुर बस्ने २६ वर्षीय नर बहादुर बिकलाई सोही ठाउँबाट आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गुलरिया बर्दियाको २०७१ चैत १५ गतेको फैसलाले १० वर्ष कैद सजाय भई फरार रहेका नर बहादुरलाई ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
बहुबिबाह र बालबिबाह मुद्दाका २ जना फरार प्रतिवादीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बहुबिबाह र बालबिबाह मुद्दाका प्रतिबादी ४८ वर्षीय खड्क सिंह दमाई र बहुबिबाह मुद्दाकी फरार प्रतिवादी २४ वर्षीया पदमकला कुमारी शाही रहेका छन् । खड्क सिंह कालिकोट जिल्ला अदालतको २०७१ मंसिर २१ गतेको बहुविवाह मुद्दाको फैसलाले ११ महिना १४ दिन कैद र बालबिबाह मुद्दामा १ महिना १४ दिन कैद सजाय तथा पदमकला सोही मितिको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १७ दिन कैद सजाय भई फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै जारी मुद्दाका फरार प्रतिवादीहरु बर्दिया बारबर्दिया नगरपालिका(११ बस्ने ५० वर्षीय बिट्टु थारु र ३५ वर्षीया राम कुमारी थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालतको २०६७ पुस १७ गतेको फैसलाले प्रतिवादीहरु बिट्टु र राम कुमारीलाई जनही १० महिना कैद र १ हजार रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाबाट खटिएको प्रहरीले बारबर्दिया नगरपालिका(११ जग्दीमा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल