Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादीहरु पक्राउ

बारा । जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(७ बस्ने ३० वर्षीय मनोज राउत कुर्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराको २०६५ असार ३१ गतेको फैसलाले जिउ मास्ने बेच्ने मुद्दामा ७ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ परेको हो । कुर्मीलाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसैगरी लेनदेन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका(८ लोसण्डा टोल बस्ने ४२ वर्षीय बिनोद राउत कुर्मिलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत पर्साको फैसलाले लेनदेन मुद्दामा ६ महिना कैद ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । बिनोदलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।