Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी पक्राउ

काठमाडौ । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी काठमाडौं सोह्रखुट्टे बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका(३ शिखर आम्बोटे घर भएका २७ वर्षीय कुमार सिंह लामालाई काठमाडौं महानगरपालिका(२८ कमलादीबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
२०७४ असार ९ गते बिहान काठमाडौं महानगरपालिका(२८ कमलादीस्थित काठमाडौं प्लाजाको पार्किङमा चेङ्गा तामाङलाई धारिलो हतियार प्रहार गरी घाइते बनाई फरार भएका सुदिप भन्ने पोते लामा समेत ५ जना मध्येका कुमार सिंह लामालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै घटनामा संलग्न फरार अन्य व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
लामालाई आवश्यक कारवाहीका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको उक्त महाशाखाले जनाएको छ ।