Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार प्रतिवादी फन्दामा

बाँके । जिल्ला अदालत बर्दियाको २०६८ पुस २१ गतेको फैसला बमोजिम डाँका चोरी मुद्दामा ६ वर्ष कैद सजाय र २७ हजार ९ सय रुपैयाँ जरिवाना तोकीएका फरार प्रतिवादी बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने ३३ वर्षीय नरेन्द्र न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जमुना भन्सारबाट फेला पारी उनलाई पक्राउ गरेको हो । मोटरसाइकलमा राखि कार्यालयतर्फ लैजाने क्रममा नेपालगंज उपमहानगरपालिका-२० राँझा चोक नजिकै पुग्दा प्रतिवादी न्यौपाने मोटरसाइकलबाट हाम फाली भागे पश्चात प्रहरीले फायर गरी नियन्त्रणमा लिने क्रममा न्यौपानेको बाँया खुट्टामा १ राउण्ड गोली लागि घाइते भएका थिए । न्यौपानेको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।


सम्बन्धित समाचार