Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फरार यादव पक्राउ

बारा । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त महागढीमाई नगरपालिका-६ मझरिया बस्ने गजानन्द यादवलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । २०७५ कात्तिक ३० गते बिहान महागढीमाई नगरपालिका-६ मझरिया बस्ने २१ वर्षीया किरण देवी यादवलाई उनकै घरपरिवार तथा गजानन्दले समेत कुटपिट गरी हत्या पश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको समेत प्रहरीले खोजी गरिरहेको छ । गजानन्दलाई जिल्ला अदालत बाराबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।