Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फर्काउलान् त ओलीले भड्किएको टिम

काठमाडौं । आखिर मुख कुल्ला गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फकाउँदा केही नलागेपछि एमाले अध्यक्ष केपी ओलीले आफ्ना मनका कुरा त्यो बेला भट्याए जुन बेला पार्टी एकतासम्मका कुरा आए । तर एकतापछि हिजो भड्किएका वामदेव गौतमका बारेमा माधवसँग कुरै भएको थिएन । एमालेमा केपीकै कारण तीन टुक्रा भएको पार्टी मिलाउन जनि सकस छ त्यो सकस संविधानसभाको दोस्रो चुनावपछि भाँडिएको माओवादीहरूको छ । पार्टी मिलाउने एकीकरण गर्ने समायोजन हुने तर्क–वितर्क हुन्छन् । त्यहाँ सिद्धान्त र नीतिका कुरा भन्दा पनि कुन नेताले के पद पाउने भन्ने नै हो । माओवादी र एमाले एक हुँँदा ठूला नेताको भागवण्डा गर्नु नै प्रमुख ठानियो । प्रदेशको त्यो बेला हेक्का भएन । जिल्लाको चासो रहेन । किनकि नेकपा एमाले आफू सम्पन्न भएकाले एकता गर्नेहरूनै आफ्नै पार्टी कार्यालयमा धाउँछन् भन्ने अडानमा बस्यो, भयो पनि त्यस्तै । तर अहिले एमालेको जोड पुरानो भड्किएको टिम फिर्ता गर्नु हो ।
तर ओलीको बोली क्याम्पस प्राकको सदस्यले जस्तो कुनै यथार्थ नबुझी बोल्ने छ । त्यसको प्रमाण मुस्ताङको बारागुंगा गाउँपालिकामा बौद्ध विश्वविद्यालय अन्तर्गत बुद्धिष्ट शिक्षा अध्ययनस्थलको भवन निर्माणका लागि एमालेकै पक्षधर गाउँपालिका अध्यक्ष निञ्जिन नाम्गेल गुरुङ, उपाध्यक्ष दिकी गुरुङले भारतीय दूतावासमा पेश गरेको पत्रको ख्यालै नगरी प्रचण्ड सरकारको तेजोबध गराए । जबकि ओलीकै हनुमान विष्णु पौडेल अर्थमन्त्री छँदा माग गरिएको अर्थले अगाडि सारेको पत्र थियो त्यो । रु ७० करोड ३३ लाखमा विश्वविद्यालय बन्दैन भन्ने कुरा २ पटक प्रधानमन्त्री भएका सर्वज्ञानी, सर्वविज्ञ केपी ओलीलाई थाहा थिएन भने बोल्ने किन ?
यस्ता नेताले एमाले जस्तो देशभर सँगठन भएको पार्टी हाँकेका छन् कसरी ? यस्तो सयका सय झूट बोल्ने नेतासँग माधव नेपाल जस्तो सात पटक सोच्ने नेताले ओली एक्लैले भनेको कुरा पत्याउने कसरी ? वामदेवले समेत यस पटक पत्याएनन् । वामदेवले पनि आफ्नो टिमको कुरा गरे । उनको टिममा कस्ता थिए र ? डिबी कार्की र हरि पराजुली गौतमको टिमका हुन् । कार्की प्रहरी निरीक्षक बनाउने र बढुवा गर्ने नाउमा उठाउने धन्दा गर्दा पक्राउ परेका पराजुली रोपाई काण्ड लागेका बहादुर हुन् । वामदेवले सबै वाम मिलाउन राष्ट्रिय एकता अभियान खडा त गरियो अभियानसँग जोडिएका चरित्र भने नेकपाको नाममा काठमाडौं महानगरको मेयर पदमा चुनाव लड्ने क्या गजबका निष्ठावान सहयात्री छन् वामदेवका । गौतमले ओलीलाई पार्टी एकतामा आउन भन्दा विधानमा ७० वर्षे नेता पदाधिकारी बन्न नपाउने प्रावधान हटाउन आग्रह गरे । तर सुभाष नेम्वाङलाई राष्ट्रपति पदमा मत दिने कुरा गरेनन् । उता जनयुद्धका घटना अदालत जान थालेपछि छरिएकाहरू एका ठाउँमा आएका छन् ।