Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फागुनपछि पनि हुने यस्तै हो, जेनजीमै छैन एकता

काठमाडौं । जेनजी पुस्ता सबै दलमा छन् । १४ देखि २८ वर्ष उमेर समूह यो पुस्ताको नेतृत्वमा सुदन गुरुङ, प्रवेश दाहाल, मिराज ढुंगाना, रक्षा बमको प्रस्तुती एकै छ । तर ठूला दलको हैकम बन्द गराउँदै तिनमा देखिएको मपाइँत्ववादको नियन्त्रण गर्ने तागत यो पुस्तामा छैन । जुन पुस्ता भ्रष्टाचार र बेथितिविरुद्ध आएको हो । त्यो एजेन्डा सबै दलमा छ । पार्टीका दस्तावेजले सुशासन र समृद्धि भन्छन् । नेताको चरित्र फरक छ । नत तीनले सुशासनको बाटो लिए नत समृद्धिको गति समाते । यही अवस्थामा चुनवा हुँदा अहिले जे छ हुने यस्तै हो । वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने भन्नुहुन्छ, आजको जस्तै अवस्थामा कुनै दल वा समूह एक्लैले बहुमत ल्याउन सक्दैन । स्वार्थ केन्द्रीत समूहका आफ्नै एजेन्डा हुन्छ । जन आन्दोलनबाट बनेको सरकारले भाद्र २३ र २४ को घटना छानविन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीलाई नेतृत्व दिएर तीन सदस्यीय छानविन आयोग बनाएको छर तर त्यसको रिपोर्ट कडा हुन्छ, संवैधानिक रुपमा आयोग बलियो छ । दोषीलाई कारबाही गर्ने सवालमा सरकार सकारात्मक नहुँदा रिपोर्ट आउँछ थन्कन्छ । सरकारमा रहनेको व्यवहार सफा नहुँदा यस्तो स्थिति आएको हो । सरकारले दलहरूलाई चुनाव केन्द्रीत गराउने प्रयास गरेको छ । सरकारको त्यो प्रयासले समस्या समाधानतर्फ सबै दलहरू सकारात्मक छन् भन्ने देखिन्छ । तर चुनावी परिणाम भने आजको संसदीय स्थिति जे छ त्यस्तै आउने निश्चित छ । नयाँ मतदातामा ३१ प्रतिशत युवा छन् । उनीहरू सबै जेनजीका अगुवाहरूको आग्रह स्वीकार्दै भोट हाल्ने हुँदैनन् । किनकि संसदका ३ ठूला शक्ति काँग्रेस, एमाले, माओवादी फरक विचारका भए पनि सत्ता लेनदेनमा एक अर्काका सहयात्री हुन् ।
रास्वपा, राप्रपा, जमनत, नाउपा आफैं विभाजित शक्ति हुन् । जसको तीन ठूला शक्तिको जस्तो प्रतिबद्ध कार्यकर्ता छैनन् । ठाउँ अनुसारका मुद्दामा जसले विषय प्रस्तुत गरे पनि संसदको ३ ठूला शक्तिमा समेटिएको पंक्तिले साथ दिँदा चम्कने छन् । दलको राजनीति धानेका कर्मचारी शिक्षक, विद्यार्थी हुन् । नेताको भ्रष्ट प्रवृत्तिको चर्को विरोध गर्दा पार्टी इतर पक्षलाई सघाएको देखिने हो । तर रवि, सिके, राजेन्द्र र रेशमलाई आफैंभित्र आफ्नै स्थिति बचाउन कठिन छ । त्यो अवस्था एमालेमा केपीलाई पनि छ । ओली संसद पुनस्र्थापना भन्दैछन् । त्यही संसद विकृतिको जड बनाउन काँग्रेस र एमालेका कार्यकर्ता न्यायाधिशले एमालेको माग सदर गर्छ जस्तो छैन । किनकि न्याय विकेको कारण अदालतहरू आक्रमणको निशानना बनाइएका कुरा कसैले बिर्सन हुँदैन । भ्रष्टाचार गरेकै कारण नेताका घर जलेका छन् । राजश्व छल्ने दलका भ्रष्टको सेवक बन्दा व्यवसायिक प्रतिष्ठान जलेका हुन् । प्रहरी दमन र भेदभाव पूर्ण व्यवहारकै कारण प्रहरी देशको बन्न नसक्दा आक्रमणको निशानामा परेको कुरा छर्लङ्ग छ । जेनजी पुस्ता आफैं एक ठाउँ नहुँदा फाइदा लिने तिनै हुन्छन् । जसले व्यवस्था बदलिए पनि अवस्था आफ्नै स्वार्थमा प्रयोग गरेका थिए । ठूला तीन दलमा देउवा, प्रचण्ड र ओलीको जुन हैकम छ त्यस्तो स्थिति मधेशी दलमा पनि छ । पाएसम्म सबैतिर आफै कब्जा गर्ने शेरबहादुर, केपी र प्रचण्ड प्रतिको जन आक्रोश पार्टीको नीति, सिद्धान्त र विचारका अधारमा पार्टी चल्न दिएन, अवसर आउँदा निष्पक्ष ढंगले योग्य, क्षमतावानहरूलाई मौका दिइएन भन्ने हो । राज्यश्रोतको दुरुपयोग लोकतन्त्रमा झन् व्यापक भएको छ । आफ्ना लागि कानुन बनाउने सेवा सुविधा आफैं लिनेहरू नै आक्रोशको निशाना बनाइएका हुन् । यो रोग रविदेखि माधवसम्म, रेशमदेखि सिकेसम्म उपेन्द्रदेखि महन्त र राजेन्द्र लिङदेनसम्म छ । ठूला दलको अकर्मन्यताले मधेशमा जनमत र नाउपा, शहरी क्षेत्रमा रास्वपा आएको हो । तर कार्यकर्ता तिनै काँग्रेस, एमाले, माओवादीबाट आएका हुन् । तीनले नयाँ शक्तिमा नयाँ सोच र विचार ल्याएका थिएनन् । जस्ता ठूला त्यस्तै साना हुन्छन् भने जेनजी पुस्ताले विना नीति र एजेन्डाले कसरी जनताको आकर्षण गर्न सक्छ ? शंका हुन्छ नै जेनजी पुस्ताको परराष्ट्र सुरक्षा, शिक्षा, स्वास्थ्य अर्थ र विकाससम्बन्धी धारणा के हो ? प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल कुन जेनजीको टीम हुन् ? उनी पनि हिजो नेकपा एमालेको संसदको टिकट लिएर चुनाव लडेका पात्र हुन् । उनलाई एमालेले जहाँ जहाँबाट चुनाव लडायो त्यहाँ पार्टीमा खटेका पुराना नेता कार्यकर्ताको अपमान गरेकै हो । त्यस्तो अपमान सहन नसक्ने जेनजी पुस्ताले दलको रुप र आकार नदिए पनि मुलुकको दीर्घकालिन विषयका बारेमा ख्याल राख्नै पर्छ । भेदभाव सबैतिर छ क्षमता र योग्यताको कदर छैन । लोकसेवा आयोग पनि निष्पक्ष छैन, अदालत दलीय छ त्यहाँ निष्पक्षता छैन । प्रहरी त्यस्तै छ । सबैतिर योग्यता र क्षमताको कदर हुनुपर्छ र भ्रष्टाचार बेथितिको निर्मलीकरण हुनुपर्छ भन्ने जेनजी समू्हकै सिद्धान्त, नीति, उद्देश्य र कार्यक्रम के हो भन्ने छर्लङ्ग नहुँदा ३१ प्रतिशत नयाँ मतले स्थान लिन्छ कसरी ? भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर हुँदैन ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल