Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फागुन ३० मा विश्वासको मत

काठमाडौं। रातारात गठबन्धनमा आएको गडबढीपछि एमालेसँग जोडिन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेका छन्। शनिबार बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने तयारी गरेको जानकारी दिएका थिए। उनले सरकारले विश्वासको मत लिने विषयमा सहयात्री दलसँग छलफल गरेर आवश्यक निर्णय लिइने पनि बताएका थिए। कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने भएको हो। संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ। यसैबीच माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार आज टुंगो लगाउने भएको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक भएपछि गठबन्धन दल र पार्टीमा छलफल गरेर उम्मेदवार टुंगो लगाउने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने जानकारी दिएका थिए। संसदीय दलको हिजो बसेको बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय पनि गरेको छ।