Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फिर्ला त कमरेडको बुद्धि

काठमाडौं । चोरलाई ताला चाबी सुम्पिएपछि बाकस फुट्दैन, दराज टुट्दैन । दलहरूमा पनि जो भ्रष्ट छ उसैलाई भ्रष्टाचार र बेथितिको चिन्ता हुन्छ । भ्रष्टाचारमा गोदवा दिए हुने नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष भ्रष्ट शिरोमणि ईश्वर पोखरेललाई एमालले सुद्धिकरण र सुदृढीकरणको जिम्मा दिएर दुनियाँ हसाएको छ । केन्द्रीय समिति बैठकमा पेश गर्ने हुकुमी प्रतिवेदन आफूले लेख्ने तर सुद्धिकरण प्रतिवेदनको जिम्मेवारी ईश्वरलाई दिनु नै व्यङ्ग्य भयो । किनकि पोखरेल जहिले जहिले मन्त्री भए उनी विवादित नै थिए । पछिल्लो पटक नेकपा काल उनका लागि स्वर्णिम युग नै थियो । राष्ट्रपतिले दिलाउने गरिएको पदक तथा विभूषण वितरणमा समेत गलत तरिकाले छनोट गर्दा त्यो कार्यक्रमकै बदनाम भयो । राष्ट्रको गौरवमा दाग लागेपछि प्रचण्ड सरकारले त्यो कार्यक्रम नै रोक्यो । नेकपा एमालेका नेता मध्येका ईश्वर पोखरेल रक्षा तथा उपप्रम भएर गृहमन्त्रीको कार्यक्षेत्रमा प्रवेश गर्दा आफू बाट भएका कामको पछाडि फर्केर समिक्षा गरेको पाइँदैन । कोरोनाकालको औषधि खरिदको लुट, नेपाल ट्रष्टको जमिन माफियाहरूलाई बुझाउने पौरखी काम गर्दा समेत लज्जा भएन । ओलीको अघि पछि कुद्ने महेश बस्नेतदेखि ऐन महरासम्मका परस्त्रीप्रति मोहित भएर उम्केका हुन् वा बाजुराका चन्द्रबहादुर शाहीको पौरख किन नहोस् । एमाले शुद्धिकरण र सुदृढीकरण कस्तो होला ? त्यो पनि जो भ्रष्ट र भष्मासुर भनेर चिनियो । उसैले पेश गर्ने प्रस्तावमा आफ्नै सेना हेरे हुँदो हो । ठूला पार्टी जनताले पत्याएको जमात त्यो एमालेमा ईश्वरको फड्को कस्तो छ । माधव नेपाल, झलनाथ खनाल पार्टी नेतृत्वमा हुँदा ईश्वर ओलीको साथमा थिएनन् । छोरालाई ओम्नी समूहको प्रतिनिधि पात्र बनाएर मात्र होइन टोखा नपा वडा नं. ६ मा भूमाफिया दिपक कुँवरको हितमा लागेर पाएको बरदान चार चौरस बुझेका केपी ओली जस्ता चंखे नेताले कति बुझे ? शंका छ, एमाले ठूलो पार्टी पनि हो । कम्युनिष्टको नाममा ठग्ने र ढाँटछल गर्न सफल पार्टी पनि हो । जुन पार्टी विचार र सिद्धान्तबाट पतन गराउन केपी ओली पूर्ण सफल हुँदैछन् । ठूला पार्टीको नेताले एमालेको तहबाट साना वामपन्थी शक्तिलाई मिलाउने हैसियत राख्नु पर्दथ्यो । तर त्यहाँ के मिलेको छैन ? घमण्ड र धनको तुजुकले अरु साना दललाई पेल्दा परिणाम एमाले नेतृत्वले कति बुझ्यो ? यो बेला नेपालका कम्युनिष्ट पार्टीले जनताको मर्म र भावनाको कदर गर्दै मिल्न सक्ने मुद्दामा मोर्चा बनाएर सिद्धान्त हिन प्रतिगमन शक्ति राप्रपा, रास्वपा मात्र होइन मधेशवादी क्षेत्रीय दलहरूलाई समेत ठीक ठाउँमा ल्याउन सक्नुपर्छ । काँग्रेसबाट नेताले लुट्ने, तस्करले राज गर्ने, भ्रष्टाचारीले माफि पाउने, बेरोजगार युवालाई देशभित्रै सताउने चरित्रमाथि प्रहार गर्ने शक्ति भनेको वामपन्थी नै हो । तर एमाले नेतृत्वले यो आवश्यकता पूरा गर्नेतर्फ सोचेकै छैन । दम्ब, अहंकार, माफिया र तस्करहरूको सेवक बन्दा पार्टीका नेताले पैसा कमाए होलान्, छोराछोरीलाई जनताका छोराछोरी गरिबका सन्तानले पाउने भनिएको चीन, भारत, पाकिस्तान जस्ता देशका छात्रवृत्तिमा पढ्न पठाए होलान् तिनले पढाई पूरा नगरी फर्कंदा देशले अवसर गुमायो । आफ्नो स्वार्थ र गुटभित्रका चाकडीवाजहरूको हितमा एमालेका बा धारी अध्यक्षको योजनाले मुर्त रूप लिँदा नेपालका कम्युनिष्टहरूको बदनामै हुने हो, इज्जत रहने छैन । धाक दिने ढंग नपु¥याउने एमालेमा धेरै छन् । सरकारले गरेका राम्रा र नराम्रा काम छुट्याउन नसकेर भ्रष्टमाथिको कारबाहीको विरोध नै छ । राजदरबारमा भट्टी खोलाउने प्रवृत्ति रोक्दा पनि जोगिएकै छ । मानव तस्करको सञ्जाल तोड्दा रिसाएकै छ । वैदेशिक रोजगारीको ठगी तन्त्रमा रोक लगाउँदा पनि गर्जिएकै छ । देशको ढुुकुटीबाट आफू मृगौला फेर्ने, जनतालाई निःशुल्क सिटामोल नदिने एमालेका एकलौटी सत्ता कालमा ४० प्रतिशतकाम बाँकी छँदा उद्घाटन गरेको धरहरातिर केपीको नजर छैन ।