Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फुट्न खोजेका माधवलाई क–कसले दिएनन् साथ ?

काठमाडौं । फुटाएर बेग्लै अस्तित्व बनाउने हिम्मत बेलैमा नगरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पछिल्लो समयमा आएर झन झन कमजोर बन्दै गएका छन् । मसक्क आँटेर केही पनि निर्णय गर्न नसक्दा एकपछि अर्को खम्बाले काम गर्न छाडेको अवस्थामा नेपाल समूह पुगेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका हस्तीहरुले उनले पार्टी फुटाउन खोजे साथ नदिने भएका छन् । पार्टी फुटको विरोधमा नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्यहरु उभिएका छन् । आज नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भए । नेपालले पार्टी फुटाउने तयारी गरेको संकेतका रुपमा आजको बैठकलाई लिइएको छ । यसकारण पनि पाण्डे र भट्टराई अनुपस्थित भएको बुझिएको छ । माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरु भने ओलीसँग मिल्न सक्ने अवस्था नरहेकाले नयाँ ढंगले बढ्नुपर्ने पक्षमा छन् । उनीहरु विभाजनको पक्षमा उभिएको बुझिएको छ । तर, उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेभित्रै संघर्ष गरेर जानुपर्ने पक्षमा छन् । पार्टी विभाजन कुनै हालतमा स्वीकार्य नहुने सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले माधव नेपाललाई भेटेरै भनिसकेका छन् । उपाध्यक्ष रावलले पनि पार्टी फुटाउन माधव नेपाललाई साथ दिन सकिने जवाफ दिइसकेका छन् ।एमाले विभाजनका लागि तयारी अवस्थामा रहेका माधव नेपाल भने ब्याक हुने सम्भावना फितलो भइसकेको छ । उनले एकताका लागि एकपटक अन्तिम प्रयास गर्ने बुझिएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल