Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालको परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तका आधारमा चलेको भने पनि छिमेकी देशहरुप्रतिको सम्बन्धलाई सुदृढ रुपमा स्थापित गर्ने काम वर्तमान सरकारले सकेको छैन । किनकि नेपालले एक चीन नीति अवलम्बन गर्दा स्वतन्त्र तिब्बतको नाममा विवादास्पद धर्म गुरु दलाई लामाको १४औं अवतारको ९४औं जन्मदिवस मनाउने नाममा स्वयम्भूको नाम्गेल विद्यालयमा जसरी पश्चिमा राष्ट्रका राजदूतहरु उपस्थित भए त्यसले नेपालको एक चीन नीतिमाथि प्रहार गर्ने शंकेत देखायो । नेपालले मित्रराष्ट्रका रुपमा मान्दै आएका अमेरिका, जर्मन, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकका राजदूतहरु यो जन्मदिवसमा उपस्थित भएर नेपालको एक चीन नीतिका विरुद्ध जसरी प्रदर्शित भए त्यसले ती देशहरुसँग अब नेपाली जनताले अपेक्षा गर्ने बाटो समेत शंकास्पद रह्यो । किनकि नेपालमा बहुदल स्थापनापछि अमेरिकी राजदूत जुलिया चाङ ब्लकले जसरी फ्रि तिब्बत पक्षधरहरुलाई सहयोग गरिन् त्यतिबेला काँग्रेसका केही नेताहरु दलाई लामाको सम्पर्क कार्यालयमा गएर गोप्य रुपमा जन्मदिवस मनाउन लालायित देखिन्थे । तिनै नेताहरु पदीय जिम्मेवारीमा रहँदा देशको परराष्ट्र नीतिका विरुद्ध जान सक्ने अवस्था थिएन । तर अहिले लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिँदै गृह प्रशासनको साथमा दलाई लामाको जन्मदिवस मनाउन विवादास्पद तिब्बती लामा खेम्पो छान्ने जस्ता पात्रलाई प्रमुख अतिथि बनाएर स्वयम्भुको यानी गुम्बालाई समेत विवादमा पारिएको छ । जबकि त्यो गुम्बा त्यतिबेला बनेको थियो, जतिबेला बारबरा फाउन्डेशन र युनाइटेड मिशन टु नेपालले आर्थिक सहयोग गरेका थिए । तिब्बती लामा खेम्पो युदुङको नेपाल आउजाउको रहस्य यतिबेला खुल्दैछ जतिबेला दलाई लामा भारतमा निर्वासित भएपछि स्वतन्त्र तिब्बतको चलखेल गर्ने बाटो खुलाइँदैछ । अब नेपालले तत्कालिन समयको दरबारसँग नाता जोडिएका बारबर एडम्स र उनको नाममा स्थापना भएको बारबरा फाउन्डेशनका बीचमा पनि विवाद नहोला भन्न सकिँदैन । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री वामदेव गौतमले नेपाली नागरिकता दिलाएपछि फाउन्डेशनको नाममा रकम संकलन गरेर स्वतन्त्र तिब्बत धारीहरुलाई सहयोग गर्दै आएकी ती बारबरा अहिले ज्युदो छैनन् । तर उनका चेलाहरु वर्तमान सरकारका अनुयायी छन् र तितले गृहमन्त्रालयको नेतृत्व लिएपछि दलाई लामाको १४औं अवतारमा ९९ औं जन्मदिन बौद्ध धर्मका नाममा शरणार्थी जीवन बिताएकाहरुले खुल्ला रुपमा मनाएको पहिलो पटक हो । यो प्रकरणले गेरु वस्त्रधारी र शान्तिका अग्रदूत गौतम बुद्धका विषयका बीचमा द्वन्द्व सिर्जना नगर्ला भन्न सकिँदैन । किनकि नेपालले विश्व शान्तिको महादूतका रुपमा गौतम बुद्धलाई मान्दै आएको छ भने नेपाल सरकारले एक चीन नीति स्वीकार गरेको समयमा स्वतन्त्र तिब्बतको नाममा हुने गतिविधिहरुलाई सरकारको तहबाट खुल्ला छाड्नु आफैंमा कमजोर पक्ष हो । नेपालको परराष्ट्र नीति अन्तर्गत तिब्बतमा महाबाणिज्य दूतावास रहेको छ भने तिब्बत चीनको अधिनस्त क्षेत्र हो भन्ने कुरा सरकारले स्वीकार गरेको छ । पश्चिमा मुलुकहरुले यो विषयलाई महत्व दिएका छैनन् । चीनले भने नेपालले गर्दै आएको आन्तरिक सहयोग र अपेक्षा गरेको सहयोगलाई स्वीकार गर्दै आएको छ । अमेरिकी साम्राज्यवादको आफ्नो रणनीति नेपालको आन्तरिक मामिलामाथि चलखेल गरेर दलाई लामाको नाममा गेरु वस्त्रधारीहरुको निम्ति सहज बाटो खुलाउने प्रयास सफल होला नहोला तर यस्ता जालझेलहरुबाट नेपालको कुटनीतिक क्षेत्रबाट चनाखो हुनुपर्ने आवश्यकता छ ।
२०८३ असार २९
ताजा नेपाल
२०८३ असार २९
ताजा नेपाल
२०८३ असार २९
ताजा नेपाल