Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरियो प्रचण्डको रणनीति

काठमाडौं । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पेल्दै लगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा सबै नेताहरुलाई मिलाएर लैजाने गरी भेटघाट र छलफल तीव्र पार्ने भएका छन्। पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आनाकानी गरेपछि नयाँ समीकरण बनाउन थालेको चर्चा चलेको दुई दिनमै त्यसबाट पछाडि हट्दै प्रचण्डले सचिवालयका सबैसँग मिलेरै अघि बढ्ने रणनीति लिएका हुन्।
प्रधानमन्त्रीसँग बिहीबार वालुवाटारमा झण्डै दुईघण्टा भेट गरेपछि पनि अघिल्ला सहमति कार्यान्वयनको संकेत नपाएपछि अध्यक्ष प्रचण्डले यसअघिका रणनीति बदल्दै सबैसँग सम्बन्ध बिस्तार गर्ने भएका हुन्।
उक्त कुराको पुष्टि उनले शुक्रबार विराटनगरमा गएर गरे। पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले पार्टी एकतामा दरार सृजना गर्ने वा कुनै न कुनै रुपले चलखेल भयो भने त्यसले समस्या ल्याउने बताए।
दशैँ लगत्तै नेकपाका सचिवालय सदस्य माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलसँग भेट गरेका प्रचण्डले त्यसपछि आफ्ना नजिकका केही नेताहरुसँग छलफल गरिरहेका छन्। असोज २८ मा पनि आफूनिकट केही नेताहरुसँग छलफल गरेका उनी अहिले निरन्तर छलफलमै छन्।
पार्टीका सबै तह र तप्काका नेताहरुसँग सौहार्दपूर्ण सम्बन्ध राख्नुपर्ने आवश्यकतालाई ध्यान दिन दोस्रो तहका नेताहरुले सुझाव दिएपछि प्रचण्डले मिलेरै यसअघिका सहमति कार्यान्वयन गराउन दबाब दिने योजना बनाएका हुन् ।

पार्टी एकताका क्रममा २०७५ जेठ २ गते आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने लगायतको सहमति भएको थियो।
दुई अध्यक्षबीच पछिल्लो समय देखिएको विवाद र पार्टी एकता गर्दा भएको भनिएको सहमतिको विषयमा तटस्थ बस्ने रणनीति माधव नेपालले बनाएपछि प्रचण्डले सबैलाई मिलाएर जाने बताउन थालेका हुन्।
प्रधानमन्त्री ओलीकै कारण एकताको वातावरण बिग्रँदै गएको भए पनि त्यसलाई मिलाउन प्रचण्ड सक्रिय रहेको अर्का स्थायी कमिटी सदस्यले दाबी गरे। उनले पार्टी एकताको सन्देश सबैतिर पुर्याउन र सबै कमिटीमा हुनसक्ने भ्रम चिर्न प्रचण्ड प्रयासरत रहेको दाबी गरे।

नेकपामा लामो समयदेखि स्थायी कमिटी बैठक बसेको छैन, जसकारण अध्यक्षद्वयबीचमा देखिएका विवाद बारेमा छलफल हुन पाएको छैन। प्रचण्डको अबको ध्यान भनेको कार्यशैलीका विषयमा देखिएका समस्यालाई बृहत छलफलबाट टुंग्याउनु रहेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलको भनाइ छ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल