Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

फेरि उकालो लाग्यो सुन

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लगि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ तय गरेको छ । यसअघि आइतबार २ लाख ३८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला ५ दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ थियो । त्यसयता मूल्य ४ हजार ३ सय बढिसकेको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ । सोमबार चाँदीको भाउ पनि तोलामा रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०१५ रुपैयाँ रहेको चाँदी आज ५० रुपैयाँ बढेर ३०६५ रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल